दुल्लु, २६ पुष : दैलेखकको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महिनामा आठ बालविवाह रोकिएका छन् ।
वडा अध्यक्ष राजुकुमार खत्रीका अनुसार पुस महिनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएका हुन् । विवाह गर्न लागेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल पछि समझदारीमा बालविवाह रोकाइएको हो ।
पछिल्लो समय बालविवाह गर्ने क्रम बढेको भन्दै वडा कार्यालय र विभिन्न संघसंस्था यसलाई निरुत्साहित गर्न सक्रिय रुपमा लागिपरेका छन् ।



