🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनमा ‘लाइभ स्ट्रिम’बाट \’आमा\’ भन्दै २ वर्षमा १ कराेड बढी ठगी, १० बर्ष जेल

बेइजिङ, ९ माघ । आजभोली मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलवाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन् ।

चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ ।

चीनको सांघाईकी एक ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छन् । ती महिला अविवाहित थिइन् र उनको आफ्नै कोही थिएनन् । सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन् । उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो ।

उत्तरपश्चिमी चीनको शान्सी प्रान्तका एक पुरुष झि लु वाङले ती महिलालाई आफूले मानिसहरूको समस्या समाधान गर्न, किसानहरूलाई सुस्त बिक्री हुने उत्पादनहरू बेच्न र हराएको मानिसहरूलाई आफ्नो घर फेला पार्न मद्दत गरेको बताए । उनको दयाले गर्दा उनीप्रति आकर्षित भएको महिलाले बताइन् । यी दुई बीच पहिलो पटक सन् २०२१ मा लाइभ स्ट्रिममार्फत कुराकानी सुरु भएको थियो र पछि फोनमा कुरा गर्न थालिएको थियो ।

ठगी गर्ने व्यक्तिले ती बृद्धा लाई फोन गरेर महिलाको विश्वास जित्न थाले र आफ्नो छोरा भएको बहाना गरी दिनहुँ कुरा गर्ने गर्दथे । बिस्तारै उसले ऋणमा पैसा लिन थाल्यो र पेटको क्यान्सर भएको बहाना बनायो । प्रेमिकालाई गर्भपतन आवश्यक छ र उनको बुबा गम्भीर बिरामी छन भनी भनी निरन्तर पैसा मागिरह्यो । ती महिला उनको पासोमा फसिन र निरन्तर पैसा पठाउन थालिन् । यति मात्र होइन, ती महिलाले पुरुषलाई सहयोग गर्न अरुसँग पैसा पनि लिएकी थिइन् ।

लामो समय पछि ती पुरुषमाथि शंका लागेपछि महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धानमा धेरै चकित पार्ने जानकारी बाहिर आएको छ । उक्त व्यक्तिले सामाजिक सञ्जालमा ४ वटा अकाउन्ट चलाउने र त्यसबाट मानिसलाई ठगी गर्ने गरेको पाइएको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरी दुई वर्षमा महिलालाई झण्डै १ करोड ५ लाख नेपाली रुपैयाँबराबर ठगी गरेको पुष्टी हुन आएको थियो । 

त्यसपछि उक्त व्यक्तिलाई साढे दश वर्षको जेल सजाय र एक लाख युआन जरिवाना गराइएको थियो ।