विक्रम संवत २०७४ असार १४ गते बुधबार स्थानीय तहको दोश्रो चरणको निर्वाचन, देशको तीनवटा प्रदेशहरूमा सम्पन्न भयो । ती प्रदेशहरू १, ५ र ७ थिए । ती प्रदेशमा निर्वाचनका लागि ६४ लाख ३२ हजार ७६५ मतदाता रहेका थिए भने तीन प्रदेशमा १ महानगरपाललिका, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउ“पालिका रहेका छन् । ती सबैबाट १५ हजार ३८ हजार जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रदेश नम्बर ५ मा दाङ, बा“के, बर्दिया, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम (पूर्व), नवलपरासी (पश्चिम), गुल्मी र पाल्पा गरी १२ जिल्ला छन् । यो प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउ“पालिका गरी १०९ स्थानीय तह छन् । यी स्थानीय तहमा वडाको कूल संख्या ९८३ छ । १०९ स्थानीय तहमा ५ हजार १३३ जनप्रतिनिधिहरू निर्वाचित हुन्छन् । उम्मेदवारको संख्या भने २३ हजार ४५० थियो ।
उक्त निर्वाचनको दिन राष्ट्रिय मानव अधिकार आयोगलगायतका बिभिन्न संस्थाहरूले निर्वाचन पर्यवेक्षकहरू खटाएका थिए ।
त्यसै क्रममा, आयोगको ४ सदस्यीय उच्चस्तरीय टोली, आयोगकी माननीय सदस्य तथा प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा बा“के र दाङ्ग जिल्ला पुगेको थियो, जसको एउटा सदस्यको रुपमा आफूले देखेका कुराहरू यहा“ लेख्दैछु ।
हामी, २०७४ असार १३ गते काठमाडांैबाट नेपालगन्ज गएका थियौं । काठमाडौँबाट जाने टोलीमा माननीय सदस्य मोहना अन्सारी, आयोगकी अधिकृत मधु सुनाम र म, अमृता लम्साल थियौं । त्यहा“ पुगेपछि, टोलीमा आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जका कार्यालय प्रमुख मुरारी खरेल सामेल हुनु भएको थियो ।
नेपालगन्जको रा“झा एयरपोर्टबाट निस्किएदेखि नै सडकको बीचमा रहेका बिजुलीका पोलहरूमा पुरै शहर कांग्रेसको ध्वजापतकाले सजिएका देखिए, तीमध्ये कतैकतै भने राप्रपाको झन्डा राखिएको पनि देखियो । तर, रा“झा एयरपोर्टदेखि सीमानासम्म नै ध्वजापताका त्यसैगरी टा“गिएका थिए । बजारको कुनाकाप्चीमा भने अन्य दलका उम्मेदवारहरूको ‘ईद’को शुभकामना दिएको तस्विरहरू जताततै झुन्डिएका देखिन्थे ।
ती सम्पूर्ण कुराहरू चुनावको दिनसम्म पनि यथावत नै देखिन्थे । जबकि, निर्वाचन आचारसंहिताको परिच्छेद २ को नियम ५ घ अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ ।’ यदि त्यसो नगरिएमा, निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ । त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ । तर चुनाव क्षेत्रमा डुल्दा न त, निर्वाचन आयोगले खटाएको केन्द्रीय अनुगमन टोली नै भेटिए, न, त्यसरी टा“गिएका प्रचार प्रसारका सामाग्री हटाइनु पर्छ भन्ने आवाज नै सुनिए ।
निर्वाचनको अघिल्लो दिन नै हाम्रो टोली, जमुनाहास्थित सीमा क्षेत्रमा पुगेको थियो । त्यहा“ स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका, २०७४ को दफा ६ अनुसारको ‘अनुगमन टोली’, जसले ‘निर्वाचनको अवधिमा आचारसंहिताको समग्र अनुगमन गरी आवश्यक कारबाही गर्न केन्द्रीय अनुगमन समितिको सिफारिसमा आयोगले आवश्यकता अनुसार नेपाल सरकारका वरिष्ठ अधिकृत कर्मचारी, निर्वाचन सम्बन्धी अनुभव प्राप्त विज्ञ वा कर्मचारीको संयोजकत्वमा एक वा एकभन्दा बढी सदस्य रहेको अनुगमन टोली गठन तथा परिचालन गर्न सक्नेछ ।’ भनिएको छ, त्यो पनि कतै देखिएन । जुन, अनुगमन टोली निर्वाचन आयोग तथा केन्द्रीय अनुगमन समितिप्रति उत्तरदायी रहने थियो ।
सडकमा, अनुमति पत्र लिएका सवारी साधनहरू यताउति दौडिरहेका देखिन्थे, तीमध्ये केही भारतीय नम्बर प्लेटका गाडी समेत कुद्दै थिए । बजार तथा ग्रामीण क्षेत्रमासमेत ठाउ“ ठाउ“मा, आफू समर्थक दलका चिन्ह भएका टिसर्ट लगाएका व्यक्तिहरू पनि भेटिएका थिए ।
वडा नम्बर १६ को मतदाता संख्या नागरिकताको हिसाबले ८ देखि १० हजारसम्म रहेको तर मतदाता परिचय पत्र भने केवल ३२०९ ले मात्र लिएको जानकारी स्थानीय कांग्रेसी कार्यकर्ता इसाक अलिले दिए । उनीहरूको अनुसार, महिला मतदाता संख्या धेरै कम थिए, त्यसको कारण, महिलाहरूले नागरिकता नपाएका र बिना नागरिकता मतदाता परिचय पत्र बनाउन नमिल्ने हु“दा, उनीहरूको संख्या कम भएको थियो ।
२०७४ असार १४ गते बुधवार, दोश्रो चरणको निर्वाचनको दिन हाम्रो टोली ७ बजे नै श्रीराम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेको थियो । तर त्यहा“ निर्वाचन सुरु भएको थिएन, बरु ब्यालेट बक्समा सिल मार्ने र अन्य तयारी चल्दै थियो । अपाङ्ग, ज्येष्ठ नागरिकहरूको लागि छुट्टै लाइन भने बनाइएको थिएन ।
त्यहा“ खटिएका प्रहरी तथा कर्मचारीहरूलाई सोद्धा, त्यस्ता व्यक्तिहरूलाई लाइनमा नराखि सीधै भित्र पठाउन भनिएको जानकारी दिइयो । मतदान सुरु नभएको कारणले केही ज्येष्ठ नागरिकहरू तथा बिरामीहरू, सोही स्कूलको कम्पाउन्डको एउटा कुनामा बसिरहेका देख्न सकिन्थ्यो ।
त्यसपछि टोली, श्री ज्ञानज्योति मा.वि.मा रहेको कोहलपुर नगरपालिका वडा नम्बर १२ को मतदान केन्द्रमा पुग्यो । उक्त केन्द्रमा टोली पुग्दा, स्कूलको कम्पाउन्ड बाहिर स्थिति ज्यादै अव्यबस्थित देखिन्थ्यो । मतदाताहरूको लाइन एकदमै लामो थियो, उनीहरू बिहान ५ बजेदेखि आएर लाइन बसेको भन्दै थिए । मतदान केन्द्र भित्र पस्ने ढोका एउटामात्रै, त्यो पनि सानो खोलिएको थियो, ढोकामा महिलाहरूको दुई लाइन र पुरुषको तर्फबाट एउटा लाइन थियो । ढोकामा भिडले मानिस किचिने अवस्था बनेको थियो । मतदाताहरू आक्रोशित भइरहेका थिए । तर मतदान केन्द्र भित्र भने खुला चौरमा व्यबस्थित तरिकाले लाइन बनाइएको थियो, त्यहा“ अपाङ्गहरूको लागि छुट्टै लाइनको व्यबस्था थियो ।
टोलीको अर्को मुकाम, राप्ती सोनारी गाउ“पालिका, वार्ड नम्बर २ कचनापुर स्थित श्री शहीद स्मारक आधारभूत विद्यालय थियो । अपाङ्गहरूलाई छुट्टै लाइनको व्यबस्थामात्रै गरिएको होइन कि, बच्चा बोकेका महिला, जेष्ठ नागरिकहरूलाई बस्नको निमित्त खटियाको समेत व्यबस्था थियो ।
दाङ्ग जिल्लाको लमहीस्थित वडा नम्बर ८ स्थित ज्ञानज्योति आधारभूत विद्यालय, जहा“ मतदाता संख्या २४३३ थियो, टोली पुग्दा मध्यान्ह भैसकेको थियो । तर त्यहा“ मत निकै कम खसेको थियो, मतदाताहरू लामो लाइनमा थिए । कारण, बिहान मतदान सुरु हुने बेलामै पानी परेछ । त्यसपछि बाहिरबाट व्यालेट बक्स स्कूलको कोठा भित्र सार्नु परेछ । यसै कारणले मतदान निकै ढिलो सुरु भएछ । कोठाभित्र सारिए पनि, व्यालेट बक्स बाहिरबाटै देख्न सकिने गरी राखिएको थियो र त्यसपछि मतदान पनि सुरु सुरु भइरहेको थियो ।टोली, त्यसपछि राप्ती सोनारीको वडा नम्बर ३, ५ र नेपालगन्ज उप–महानगरपालिकाको बिनौनास्थित वडा नम्बर ७ मा पुग्यो । सबैतिर मतदान सुचारु रुपले नै सम्पन्न भएका थिए ।
अन्त्यमा भन्नुपर्दा, दोश्रो चरणमा ७३.६९ प्रतिशत मतदान हुनु भनेको चुनावलाई मतदाताहरूले सकारात्मक रुपले ग्रहण गरेको मान्नु पर्दछ । त्यसको ५३ प्रतिशत महिला हुनुको कारण पुरुष विदेशिनु पनि होला तर अब स्थानीय तहमा झन्डै ५० प्रतिशत महिला हुनेछन् । यो सशक्तिकरणको बाटोमा माइल स्टोन मान्न सकिन्छ । यसरी चुनिएर आएका महिला तथा पुरुष दुबैलाई लैंगिक तथा आधारभूत मानव अधिकारको तालिम दिएर समाजलाई समावेशीकरणतर्फ डो¥याउने चाबी यो निर्वाचनले दिएको छ ।




