🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रियाहरु लामो हुने समस्या छ : मन्त्री  पन्त

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरु लामो हुने समस्या रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रुपान्तरण गर्न सकिने बताएका हुन् ।

उनले भने,‘शिक्षा एउटा आपरिहार्य र महत्वपूर्ण विषय हो । मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरु पनि उपलब्ध गराउन सकेको अवस्था छैन् । केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ त्यहीमाथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ । जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौं । नयाँ प्रविधिमा जाँदा रुपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहाना छ । तर अझैपनि भएको छैन ।’

त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकीचाउन नहुने पनि उनको भनाई छ ।

उनले भने,‘हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौं । आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छ भने हामी संशोधन र परिमार्जन गर्न हिचकीचाउन पर्ने केही छैन् ।’

मन्त्री पन्तले बनेका राम्रा नीतिहरु थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा राखे ।