🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नुवाकोटमा यसरी हुँदैछ काँग्रेससंग वाम गठबन्धनको भिडन्त

नुवाकोट, ५ कात्तिक (रासस)  .: आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् ।

दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् ।

यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिनुहुनेछ ।

यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा उठ्ने भएका  छन्  ।

   प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ ।
–––