🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय सभामा, सत्ता पक्ष र प्रतिपक्षसंगै उभिएपछि……….

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन् ।  शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले आफ्ना कुरा राखेपछि एमाले सांसद विमला राई पौडेलले सुन प्रकरणको छानबिनका लागि समिति गठनको माग यथावत रहेको भनेसंगै एमाले सांसद उठेर विरोध गरेका थिए ।  लगत्तै सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सिनाले पटक पटक बस्न आग्रह गर्दै, कार्यसूची अघि बढाउन सहयोगका लागि आग्रह गरे । 

उनले सत्ता पक्षका सांसद समेत उठेपछि हास्दैँ भने ‘ कि उठी उठी बैठक चलाउन नयाँ अभ्यास सुरु गर्ने होकी’  ‘जसरी एकसाथ उभिनु भएको छ । त्यसैगरी एकसाथ बसिदिनुहोस् । म माननीय ज्यूहरुलाई आग्रह गर्छु । ’उनले भने । ‘अघि बढाउन हाम्रा केही कार्यसूची केही लामो समयदेखि रोकिएका छन् । यीनलाई अगाडि बढाउँ । ’  झण्डै १० मिनेट लगातार प्रतिपक्ष दलका सांसदसहित सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले बैठकका सबै कार्यसूची हटाएर बैठक ३१ गते दिउसो एकबजे बस्ने गरी स्थगित गरेका छन् ।