🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

काठमाडौं ।  आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ । प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।
प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।