🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देवघाटधाममा लक्षचण्डी विराट महायज्ञ : गण्डकी प्रदेशको सहयोग घोषणा

गलेश्वर आश्रमको शतवार्षिकी अवसरमा माघ १८ देखि फागुन १७ सम्म महायज्ञ, राष्ट्रशान्ति र विश्वबन्धुत्व प्रवर्द्धन उद्देश्य

पोखरा, साउन २९ गते – गण्डकी प्रदेश सरकारले गलेश्वर आश्रमद्वारा पवित्र धार्मिक स्थल देवघाटधाममा आयोजना गर्न लागिएको लक्षचण्डी विराट महायज्ञलाई सहयोग गर्ने भएको छ।

\"\"

गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधबार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त महायज्ञका लागि सहयोग र समर्थनको आश्वासन दिनुभयो।

गलेश्वर आश्रमले यही २०८२ माघ १८ देखि फागुन १७ गतेसम्म देवघाटधाममा महायज्ञ आयोजना गर्दैछ। कलियुगमा भगवती महामाया चण्डी तथा भगवान श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको उन्नति हुन्छ भन्ने शास्त्रीय मान्यताको आधारमा यो अनुष्ठान आयोजना गरिएको हो।

महायज्ञ गलेश्वर आश्रम स्थापनाको शतवार्षिकीको अवसरमा आयोजना हुँदैछ, जसको उद्देश्य राष्ट्रशान्ति, समृद्धि, आत्मकल्याण, नागरिकको सर्वाङ्गीण विकास तथा विश्वबन्धुत्वको भावना प्रवर्द्धन गर्नु रहेको आश्रमले जनाएको छ।

सहयोग र समर्थन जुटाउन तथा विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गर्ने उद्देश्यले आश्रमको प्रतिनिधिमण्डल पोखरा पुगेको हो। प्रतिनिधिमण्डलमा स्वामी आत्मानन्द गिरिजीसँगै आश्रमका अन्य पदाधिकारीहरू सहभागी थिए।

अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले स्थापना गरेको गलेश्वर आश्रम हिन्दू धर्मको प्रवर्द्धन र देवघाटधामको ऐतिहासिक–धार्मिक महत्वलाई व्यवस्थित गर्न प्रतिबद्ध संस्था हो।

आश्रमले वेद–वेदाङ्ग विद्यालय, साधक–सन्त तथा तीर्थालुका लागि भोजन तथा बसोबासको व्यवस्था, वृद्ध–वृद्धाको कल्याणका लागि सुन्दर कल्पवास, निःशुल्क भोजन र बाससहितको अतिथिगृह, धर्मार्थ अस्पताल र अन्य धार्मिक–सामाजिक सेवा सञ्चालन गर्दै आएको छ।

अस्पतालमार्फत साधक र वृद्ध–वृद्धालाई स्वास्थ्य जाँच तथा औषधि निःशुल्क उपलब्ध गराइन्छ। साथै, तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य क्रियाकलापहरू नियमितरूपमा सञ्चालन हुने गरेको छ।