🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिरोले महाकाली राजमार्ग पुनः अबरुद्ध, यात्रु सास्तीभोग्न बाध्य !

खलङ्गा (दार्चुला), ६ भदौः पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा  पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोमा परी बोलेरो जीपसमेत क्षति पुगेको छ ।

    जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुसप्र ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको छ ।

    पहिरो खसेपछि जीपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा पुरिएको जीपमा मानवीय क्षति भएको छैन ।

वर्षासँगै ढुङ्गामाटो खस्नेक्रम नरोकिएपछि जीपलाई निकाल्न समस्या भएको रावतले बताउनुभयो । सडक विभागको उपकरणले पहिरो नजिक छन् । वर्षा नरोकिएपछि काठमाडाैं र महेन्दनगरबाट आएका बस पनेवाजमा रोकिएका छन् । 

    जिल्ला सदरमुकाम खलङ्गाबाट आएका सवारी साधनसमेत बाटोमै रोकिएका छन् । उक्त क्षेत्रमा अहिले बेलाबेला सडक अबरुद्ध हुने गरेको छ । यसका कारणले यात्रुले सास्तीभोग्न बाध्य भएका छन् ।