काठमाडाैं । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गण र निकुञ्ज प्रशासन कार्यालय, पर्साका कर्मचारी सहित खटिएको संयुक्त पट्रोल टोलीले २०७९ वैशाख २८ गते निकुञ्जस्थित बांग्री खोला कोर ईलाकामा खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरु देखेर पिछा गर्दा हतियार छाडेर निजहरू फरार भएकाे सेनाले जानकारी दिएकाे छ । निजहरुलाई पक्राउ गर्न खोज्दा तल उल्लेखित हतियार तथा अन्य सामग्रीहरु छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
(क) भरुवा बन्दुक- नाल १
(ख) भरुवा बन्दुकको गोली गोटा- ३
(ग) ठुलो छर्रा गोटा- ५
(घ) सानो छर्रा गोटा- १००
(ङ) खुकुरी गोटा- २
(च) बारुद- २५० ग्राम (२ डब्बा)
(छ) केप (कार्टिज) गोटा- २
(ज) झोला गोटा- ३
(झ) जुत्ता- जोर १
सेनाका अनुसार, निजहरुबाट बरामद गरिएका हतियार तथा अन्य सामग्रीहरु निकुञ्ज प्रशासन कार्यालयमा बुझाईएको छ ।




