🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नुपर्ने – प्रधानसेनापति शर्मा

काठमाडाैं । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरुको संस्था NCC Alumni Association Nepal को छैठौँ वार्षिकोत्सवको अवसरमा २०८० पौष ११ गते युवासँग प्रधान सेनापति कार्यक्रम सम्पन्न भएको छ ।

   कार्यक्रममा सम्बोधन गर्दै प्रधान सेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक महारथी  प्रभुराम शर्माबाट Association सँग आवध्द सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरिएकाे थियाे । महारथी शर्माले स्थापनाकालदेखिनै राष्ट्रिय सेवादलले युवाहरूलाई अनुशासित, नैतिकवान, इमानदार र बफादार बनाउने, युवाहरूमा नेतृत्व क्षमताको विकास गर्ने, राष्ट्रियता एवम् राष्ट्रिय एकताको भावना जागृत गराउनुका साथै राष्ट्रलाई कुनै पनि विपत्ति पर्दा निःस्वार्थ ढंगले तत्परताका साथ क्रियाशील हुने युवा स्वयंसेवकहरु तयार गर्ने कार्य गर्दै आइरहेको बताएका छन् ।  प्रधान सेनापति शर्माबाट  राष्ट्रिय सेवा दलकाे प्रसंशा गर्दै  हाल देशका ७७ वटै जिल्लाहरूमा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आइरहेको र हालसम्म ६८,९७२ जनाले तालिम लिई सकेको समेत  बताएका थिए ।

  समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको  महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधान सेनापतिले नेपाल सरकारका विभिन्न निकायहरू, स्थानीय तहहरू, कानून कार्यान्वयन गर्ने निकायहरु, सामाजिक संघ/संस्थाहरूसँगको सहकार्य एवम् समन्वयमा संस्थाले थुप्रै सृजनशील र रचनात्मक कार्यहरू गरिरहेको उल्लेख गर्दै यस्ता कार्य अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

 प्रधान सेनापति शर्माले नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरुको पनि जिम्मेवारी हो भन्ने बुझ्न सहभागीहरुलाई आह्‍वान गरेका छन् । 

 सम्बोधनकै क्रममा प्रधान सेनापतिले राष्ट्रिय सेवादल तालिमलाई नेपाल सरकारले दिएको प्राथमिकता, नेपाली सेनाको परिश्रम, योगदान तथा राष्ट्रले तालिम प्राप्त क्याडेटहरुबाट राखेको अपेक्षालाई सम्पूर्ण क्याडेटहरुले Alumni Association मार्फत सार्थक बनाइ समाजको रूपान्तरण र विकासमा योगदान   पुर्‍याउनु हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । प्रधान सेनापतिले सोही क्रममा  मित्रराष्ट्रहरूसँग सञ्चालन भइरहेका युवा आदान प्रदान कार्यक्रमलाई भविष्यमा अझ विस्तार गर्दै लैजाने योजना रहेको जानकारी समेत दिएका थिए  ।

    कार्यक्रममा Association का प्रमुख सल्लाहकार निगम हुमागाँइले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै नेपाली जनताको आस्था एवं भरोसाको पुञ्ज नेपाली सेनाको छत्रछायाँमा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटहरुसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकोमा राष्ट्रिय सेवा दलबाट दीक्षित समस्त क्याडेटहरु गौरवान्वित भएको कुरा वताएका थिए । 

  राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की (अ.प्रा.) ले Alumni Association का सदस्यहरुलाई वधाइ र शुभकामना दिंदै उहाँहरुको सीप र क्षमताको सदुपयोगका लागि उपयुक्त वातावरण तयार पार्ने कार्यमा राष्ट्रिय सेवादल सधै प्रयत्नशील रहने प्रतिवध्दता प्रकट गरेका छन् ।    

  कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, Association का सातवटै प्रदेशका निर्देशकहरुका साथै तालिमरत छात्रछात्रा एवं सकलदर्जाका प्रशिक्षकहरुको उपस्थिति थियो । राष्ट्रिय सेवादल नेपाल वि.सं.२०२२ मा स्थापना भएको हो भने यसबाट प्रशिक्षित पूर्व विद्यार्थीहरुको संस्था वि.सं. २०७५ मा स्थापना भएको हो ।