🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको नेतृत्व चयन 

पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन् । पोखरामा सम्पन्न पाँचौ महाधिवेशनबाट राई अध्यक्ष पदमा सर्वसम्मत भएका हुन् । 

१३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेकबहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा हिमालयविक्रम लिम्बू, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा विमानसिं तामाङ निर्वाचित भएका छन । एशोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गजबहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचित भएका छन् । 

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष एमबी आस्थामगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । मगरले निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।