🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नुपर्ने बताएका छन् । 

शनिबार बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिदैँ उनले बुबाको मुख हेर्ने दिन परम्परामा पितृ सम्मानको प्रतिकात्मक दिन भएपनि बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्ने बताए । 

आजको दिन टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने गरेको उनको भनाई छ । 

उनले भने, ‘बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो । बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो । सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा, बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना !’

यस्तै, उनले आज बिहानै आफ्नो बुबासँग आशीर्वाद लिएको भन्दै सधैँ उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने बताए । 

उनले भने, ‘म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ । आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो, कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ । बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।’