🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुदूरपश्चिममा डेङ्गी बाट दुई सय ८८ सङ्क्रमित

सुदूरपश्चिम, ७ भदौः सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ । 

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताउनुहुन्छ । डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

“गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्नसक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकास गर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ”, जोशीले भन्नुभयो,“यस्ता सम्भावित स्थानको खोजीगरी लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।”

दुई वर्षअघि डेङ्गीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु आवश्यक रहेको बताउनुभयो । “यसमा हरेक स्थानीय तहको महत्त्वूर्ण भूमिका हुन्छ । आफ्नो क्षेत्रमा रोग सङ्क्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । यसवर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।  

सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क उपचार हुने गरेको छ ।  लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।