जनताको घेराबन्दीमा सत्ताको साम्राज्य ढल्दा के हुन्छ भन्ने प्रश्नको उत्तर बुढानीलकण्ठ दरबारले दिएको छ। दशकौं सत्ता र पैसाको आडमा आफूलाई अभेद्य ठानेका शेरबहादुर देउवा र आरजु राणा अन्ततः त्यही जनताको लाठी र ढुंगामुढासँग ठोक्किनुपर्यो। देउवा दरबार जलेको रात केवल एउटा घरको ध्वंस थिएन-त्यो नेपालमा भ्रष्टाचार, नातावाद र विलासी जीवनशैलीविरुद्ध २०८२ भदाै २४ गते जेन-जी आन्दाेलनकाे कठोर फैसला थियो।
जयवीर–शिवानाको मौनता : संवेदनाहीन सन्तान
जेन-जी आन्दाेलनकाे रगत उम्लिरहेको बेला बुढानीलकण्ठमा कराेडाैंकाे महल खरानी हुँदै थियो, बुवाआमाको रगत सडकमा बगिरहेको थियो। तर, छोरा जयवीर र बुहारी शिवाना भने पेरिसका बत्तीमुनि रमाइलोमा मस्त। देउवाका छाेराबुहारीका यस्तो संवेदनाहीन किन ? जेन-जी आन्दाेलनकाे मारमा परेर बुबा मुमा( देउवा दम्पत्ति) सख्त घाइते हुनु अनि जीवनमै नपरेकाे संकटमा पर्नु र यस्ताे पीडाकाे घडीमा छाेरा-बुहारी साथमा नहुनु वा मौनताले समाजमा अर्काे बिडम्बना ठान्याे । २०८२ भदाै २३ र २४ गते घटना घट्नु अघि मात्रै छोरा जयवीर र बुहारी शिवाना फ्रान्स पुगेर सुरक्षित बनेका थिए।
आरजु र भूषण : ठेक्का–कमिशनका मालिक
नेपाली राजनीतिमा आरजु राणा केवल पूर्व प्रधान मन्त्रीकी पत्नी मात्र होइनन्, ठेक्का–कमिशनको पर्याय थिइन्। प्रहरी सरुवा–बढुवा, ठेक्का बाँडफाँड, अर्बौंको घोटाला-सबैमा उनको नाम मिसिएको थियाे । र, आरजु राणाकै प्रिय भाइ, ‘राष्ट्रिय साला’ भूषण राणा-देशलाई कंगाल बनाएर स्वीजरल्यान्डमा ऐशमस्तीमा रहेकाे उनी निकटहरू बताउछन्। जनताको पसिनाबाट जम्मा भएको सम्पत्ति विदेशी बैंक खातामा, तर यहाँ जनता पेट पाल्न चामल खोज्दै भौतारिएका छन्।
हिल्टन प्रकरण : पत्रकारमाथि दमन
२५ अर्बको हिल्टन होटल खरिद प्रकरणकाे समाचारले सिंगो राष्ट्रलाई झस्काएको थियो। जब पत्रकार दिलभूषण पाठकले यो कुरा सार्वजनिक गरे, उनलाई कैदी झैँ व्यवहार गर्दै ‘साइबर अपराध’को मुद्दा चलाइयो। यही कारणले जेन-जी आन्दाेलनकाे क्रोधले हिल्टन हाेटेलमा आगजनी भएको स्थानीयहरू बताउछन् ।
खरानीमा परिणत विलासी जीवन
८२ वर्षीय पूर्व प्रधान मन्त्री देउवा र ६३ वर्षीया आरजु, जसले सत्ताको नाममा जनतालाई दशकौं धोका दिए, जेन-जी आन्दाेलनकाे क्रोधकाे सिकार बने । यो केवल एक व्यक्तिको पतन होइन, सिंगो भ्रष्ट राजनीतिक संस्कृतिको खरानी भएकाे रूपमा बुद्धिजीवीहरूले चर्चा गरेका छन् । बुढानीलकण्ठ दरबारको ज्वालामा केवल महल मात्र जल्यो भने होइन, जल्यो जनताको पीडामा बनाइएको विलासी जीवन।
निष्कर्ष : जनताको फैसला
शेर वहादुर देउवा, दीपक खड्काहरूकाे साम्राज्यको पतन एउटा चेतावनी हो-जेन-जीको धैर्यसँग खेल्नेहरूको अन्त्य पनि । अर्बौंको सम्पत्ति, कराेडाैंका गाडी, विदेशी रमण-सबै क्षणभरमै खरानी हुन पुग्याे । याे कुरा २०८२ भदाै २३ र २४ गतेका दिन जेन-जीले देखाइसकेका छन्, अब इतिहास लेख्ने जिम्मा सक्कली जेन-जीहरूकै हो ।




