कुकुर केवल बफादारमात्र होइन, समझदार पनि हुन् । हो, अमेरिकाको सिएटलमा एक फिमेल कुकुरले यो प्रमाणित गरेको हो । यो कुकुरको नाम इक्लिप्स हो । सो कुकुर एक्लै बसस्टप पुग्ने र पार्क जाने बस पनि सजिलै पहिचान गर्ने गर्दछ । यसैगरी सो कुकुर आफ्नो गन्तव्यमा पुग्ने गर्दछ । हो, यो कुकुर आफ्नो मालिकस“ग बर्षाैंदेखि उक्त पार्कमा डेटि¨ जाने गर्दछ । एकदिन कुनै कारणले मालिक नजा“दा पनि कुकुर एक्लै पार्कमा गएको थियो । मालिक साथमा हु“दा या नहु“दा पनि ऊ बसबाट स“धै पार्कमा जाने आउने गर्दछ । ऊ सो पार्कमा दुईवटा मेल कुकुरस“ग डेटिङमा रमाउने गर्दछ । इक्लिप्सको तीक्ष्णतालाई देखेर उसको मालिकले फेसबुक पेज समेत बनाइदिएको छ । अहिले उसको १० हजार ४ सय ६३ फ्यान फलोइङ छन् ।




