🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

 काठमाडौं, १२ वैशाख । २०७६ वैशाख १२ गते प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित  नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता भएका छन्  ।

 निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति  थापाले उक्त वाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए  । साथै, प्रधानसेनापति थापाले  २०७६ वैशाख ११ गते नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आठौँ राष्ट्रिय  खेलकुद समापन समारोहमा समेत सरिक भएका थिए ।

२०७५ चैत्र २७ गतेदेखि मिति २०७६  वैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै १४० गोल्ड मेडल, ७९ रजत र ६७ कांस्य गरी जम्मा २८६ वटा पदकहरु प्राप्त गर्दै प्रतियोगितामा सहभागी टिमहरु मध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ ।