काठमाडौं, १२ वैशाख । २०७६ वैशाख १२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता भएका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । साथै, प्रधानसेनापति थापाले २०७६ वैशाख ११ गते नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद समापन समारोहमा समेत सरिक भएका थिए ।
२०७५ चैत्र २७ गतेदेखि मिति २०७६ वैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै १४० गोल्ड मेडल, ७९ रजत र ६७ कांस्य गरी जम्मा २८६ वटा पदकहरु प्राप्त गर्दै प्रतियोगितामा सहभागी टिमहरु मध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ ।




