🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनसेल प्रकरणः दरपीठ हुनुपर्ने रिट कसरी भयो दर्ता ?

एनसेलको लाभकर प्रकरणमा सर्वोच्च अदालतको ५ सदस्यीय बृहत्पूर्ण इजलासले फैसला गरी टुंगो लगाएको बिषयमा पुनः रिट दर्ता हुनुलाई सबैले आश्चर्यका रुपमा लिएका छन् । सर्वोच्चले लाभकर असुली गर्न दिएको आदेशपछि ठूला करदाता कार्यालयले ६२ अर्ब हाराहारीमा कर निर्धारण गरेको थियो । उक्त कर निर्धारणपछि पनि एनसेलले खुरुखुरु तिर्नुको साटो सर्वोच्च अदालतमा रिट दायर गर्न गयो ।

उक्त रिट दर्ता नगरी दरपीठ गर्नुपर्नेमा एक सदस्यीय इजलासबाट अन्तरिम आदेश जारी गरी दुवै पक्षलाई छलफलमा बोलाएको छ । बृहत् पूर्ण इजलासले निरुपण गरिसकेको बिषयमा रिट दर्ता गरिनु, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका अति निकट र उनले भनेअनुसारको काम गर्ने भनेर चिनिएका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा राखी अन्तरिम आदेश दिनुले एनसेलको प्रभाव माथिसम्मै परेको अनुमान लगाउन सकिन्छ । 

बृहत्पूर्ण इजलासको ओजन नै नरहने गरी एक सदस्यीय इजलासले अन्तरिम आदेश दिनुभित्र के के खिचडी पाकेको छ भन्ने कुरा रहस्यकै गर्भमा छ । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ५ सदस्यीय बृहत् पूर्ण इजलास राखेर एनसेलले लाभकर तिर्नुपर्ने आदेश दिएका कारण न्यायपालिका सुधारमा उनी लागेको भन्ने अनुभूति गर्न थालिएको थियो । तर एक महिना नपुग्दै न्यायपालिका सुधारको उनको त्यो कदम सस्तो लोकप्रियता आर्जनका लागि थियो भन्ने अवस्था आएको छ ।

भेटिंदै नभेटिएको ३३ किलो सुन प्रकरणमा थुनामा रहेका धनाढ्य आरोपी र प्रहरी अधिकारीलाई उच्च अदालतले साधारण तारिखमा छाडेको बिषयमा मुख्यन्यायाधीश डा. कुलरत्न भूर्तेलसहित ८ न्यायाधीशलाई न्यायपरिषदमा तानियो । सर्वोच्च अदालतमा पनि त्यो सुनका मुद्दा प्रधानन्यायाधीश आफैंले चासो दिएर छिटोछिटो पेशी राखेर सुनुवाइ गरिरहेका छन् । तर २ बर्षअघि २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ३३ किलो सुनका बारेमा भने सर्वोच्चमा मुद्दाको पेशी नै ढिलो राख्ने गरिएको छ ।

उक्त मुद्दामा चासो नै दिइएको छैन । उक्त सुन प्रकरणमा मुछिएका एसएसपी श्याम खत्री, भन्सारमा कार्यरत एक्सरेका कर्मचारी श्यामकृष्ण श्रेष्ठ र भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवलाई छाड्ने उच्च अदालत पाटनका न्यायाधीश बलभद्र बाँस्तोला र भीमराज ओझालाई भने अझैसम्म केही कारबाही भएको छैन ।

भेटिंदै नभेटिएको सुनका आरोपी छाड्ने न्यायाधीश तानिने तर भेटिएको सुनका आरोपी छाड्ने न्यायाधीशमाथि न्यायपरिषदको ध्यान किन नपुगेको हो ? श्यामकृष्ण श्रेष्ठले सुन तस्करी गरेर १४ करोड भन्दा सम्पत्ति आर्जन गरेको भेटिएको छ । श्याम खत्री उच्च अदालतबाट उन्मुक्ति पाएपछि एसएसपी बढुवा भए । उनी पुनः सुनतस्करीमा लागेको सनम शाक्यको हत्या र ३३ किलो सुन प्रकरणमा उनी पुनः पक्राउ परेपछि पुष्टी भएको छ ।

२०७३ मा बरामद भएको सुन दुबई बस्ने हरिशरण खड्का र रोशन भूसाल(गुप्तलाल)को थियो । उनीहरूबिरुद्ध प्रहरीले इन्टरपोलमार्फत् डिफ्यूजन नोटिस जारी गरी हरिशरण खड्का केही महिनाअघि दुवईमा पक्राउ परे । तर भुसाललाई भने प्रहरीले सेटिङ गरी विशेष अदालतमा हाजिर गरायो । र, उनले मुद्दा जिते । अहिले उनको मुद्दा पनि सर्वोच्च अदालतमा छ । सुन तस्कर भूसाल उक्त मुद्दा पनि सेटिङ गरी जित्नका लागि दिनरात लागिरहेका छन् ।                  – हरिराम शर्मा, सुकेधारा, काठमाडौं