🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक पाइलटसँग अन्तरंग : धेरै ड्राइभरहरूले घाँस (गाँजा) खान्छन् !

(बालबालिका चक्चक् गरेनन् भने लौन के भयो भनी प्रश्न तेर्सिन्छ । मतलब बालबालिका चक्कच् गर्ने समूहभित्र पर्छन् । त्यस्तै युवाहरू ढुंगा खाए पनि पच्ने उमेरका हुन्छन् । मतलब त्यतिधेरै जोश र जाँगर हुन्छ उनीहरूमा । असम्भव केही पनि हुँदैन उनीहरूका लागि भन्ने अर्थमा । तर सबैमा यो उदाहरण लागू नहुन सक्छ । फेरि प्राविधिक काममा बलको हैन अक्कलको जरुरी हुन्छ । सम्भवतः त्यसैले होला २२ बर्षे युवा मिलन आले मगर बलभन्दा अक्कल लगाउँछन् । उदयपुरका यी युवाले बा १ ज ८२३५ नम्बरको माइक्रो हाँक्छन् । तर उनको गाडी हाँक्ने तरिका भने निकै शान्त छ । त्यसैले त गल्ती गर्दैैनन् । सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिसंग उनले आफ्नो जीवनी यसरी खोलेका छन्– सम्पादक)

० गाडी कहिलेदेखि चलाउन थाल्नुभयो ? 

–भयो गाडी चलाउन थालेको तीन वर्ष ।

 
० गाडी लाइनमा आएको नि ? 

–६ वर्ष भयो । 

० बालखलाँसी ? 

–त्यसै भन्नुप¥यो । तीन वर्ष मैले माइक्रोमा खलासी गरें अनि तीन वर्ष भयो माइक्रोकै ड्राइभर भएको । 

० कसरी आउनु भयो यो लाइनमा ? 

–पाँच कक्षा पढेर छाडियो । काठमाडौंमा कसैको घरमा बसेर काम गर्न पनि पाइन्छ र पढ्न पनि पाइन्छ भनेर आउन खोजियो । तर पुगियो भैरहवा । त्यहाँ मैले ओरेन्ज चकलेटको फ्याक्ट्रीमा एक वर्ष काम गरें । बाल मजदूरकै रुपमा । महिनाको जम्मा तीन सय रुपैयाँमा । बालश्रम शोषण भयो । त्यसपछि काठमाडौं आएँ । साथीहरूको संगतले खलासी भएँ । अनि महिनाको दुई तीन हजार कमाई हुन थाल्यो । खर्च पनि त्यसै अनुसार गर्न थालियो । घरमा बुबाआमा हुनुहुन्छ । उहाँहरूलाई पनि पठाइयो । 

० कसैका घरमा काम पाइएन ? 

–त्यस्तो सोचेको जस्तो कहाँ हुँदो रहेछ र ? जे अगाडि आउँछ त्यही गर्नु पर्दो रहेछ । माइक्रोमा खलासी गरें । अनि गाडी सिकेर चलाइरहेको छु । 

० कस्तो छ त गाडीलाइनको जिन्दगी ? 

–हाँस्दै ऽऽऽ कहिले हँसिमजाक कहिले रीसराग । 

० गाडीलाइन कस्तो छ ?

–अहिले राम्रो छैन । पहिले ठीक थियो । ड्राइभरको त झन् कमाई नै छैन ।  

० बिहे पनि भयो कि ? 

–भयो । एक वर्षअघि बिहे भएको हो । गत बैशाखमा छोरो पनि जन्मिएको छ । 

० व्यवहारिक भइएछ नि ? 

–हो । अब कमाईले पुग्न छाड्यो । दिनको चार पाँच सय रुपैयाँ कमाएर के गर्नु । विदेशतिर जाने सोच बनाएको हेभीको लाइसेन्स नै दिइरहेको छैन यातायातले । 

० किन नि ? 

– हेभीको लाइसेन्स सेटिङ मात्रै पाइन्छ भन्छ । सेटिङमा पैसा तिर्न सकिँदैन । सिकेको सीप त ट्रायल दिएपछि हुनुपर्ने नि । तर मान्दैनन् । निराश बनाएको छ । 

० ट्राफिक प्रहरी कस्तो छ नि ? 

–ट्राफिक प्रहरी ठीकै छ । ट्राफिक प्रहरीले दुःख दिएको छैन । गल्ती नगरेपछि ट्राफिक प्रहरीसँग नराम्रो सम्बन्ध हुँदैन । सानो गल्ती भैहाल्यो भने माफी माग्छु । माफी नदिए केही नबोली कागजपत्र दिन्छु । 

० दुर्घटना भएको छ कि ? 

–भएको छैन अहिलेसम्म ।

० कसरी हुन्छ दुर्घटना ? 

–यो त अन्जानमा हुने कुरा हो । तर लापरबाहीले बढी हुन्छ । स्पिड कन्ट्रोल गर्दैनन् अनि दुर्घटना हुन्छ । प्रायः ड्राइभरहरूले घाँस (गाँजा) खान्छन् । अनि लापरवाह बढी बनाउँछ गाँजाले । 

० भोलिका दिनमा के गर्ने मन छ ? 

–अब जानेको सीप यही हो । आफ्नै गाडी चलाउने मन हो । पैसा छैन । विदेश गएर कमाएर ल्याएर गाडी किनेर चलाउने इच्छा हो । 

० सरकारले सहयोग गर्छ कि ? 

–सरकारले गर्छ भन्छ तर कहिले गर्ने हो ? सरकारको कामै आशा देखाउने त होला नि । अहिलेसम्म केही नगरेपछि ।

 
० बिदा नलिइ गाडी चलाएको हो त ? 

–कमाइ राम्रो छैन । त्यसैले महिनाको दुई चोटी बिदा लिन्छु । अरु दिन काम गर्छु । सीप सिकेकालाई सरकारले पनि हेरिदिए हुने हो ।