कतिपय अवस्थामा हामीले साना गल्तीलाई नकार्ने गर्छौं र त्यस्ता गल्ती गम्भीरतापूर्वक लिइँदैन पनि । तर कहिलेकाहीं त्यही सानो गल्ती ठूलो समस्याको जड बन्न सक्छ । यस्तै समस्यामा फसेका छन्, एक जर्मनीका ८१ वर्षीय वृद्ध । हो, वृद्धको एक अक्षरको गल्तीका कारण उनी १ हजार ४ सय किलोमिटर टाढा जानुपरेको छ । वास्तवमा ती वृद्ध एक ठाउँमा जानुपर्नेमा अर्काे ठाउँ पुगेपछि त्यस्तो हैरानी भोग्नुपरेको हो ।
खबरका अनुसार ती ८१ वर्षीय वृद्ध पोपलाई भेट्न जर्मनीको बर्लिन सहरबाट भ्याटिकन सिटीतर्फ लागेका थिए । भ्याटिकन सिटी इटाली देशले घेरिएको र इटालीको राजधानी रोम नजिकै पर्ने हुँदा मोबाइल एपको सहारामा उनी निजी कारमा रोमका लागि निस्किएका थिए । उनी रोम पुग्नका निम्ति नेभगेसन (बाटो पहिचान गर्ने) एपको प्रयोग गरेका थिए । जब उनी यति लामो दूरीको यात्रा सम्पन्न गरे, तब उनी झस्किएका थिए । किनकि उनी इटालीको रोम नपुगेर पश्चिम जर्मनीको नर्थ राइन वेस्टफेलियाको सहर रोममा पुगेका थिए ।
एउटै नाम भएका कारण उनी एक ठाउँ पुग्नुपर्नेमा अर्काे ठाउँ पुगेका थिए । त्यो पनि थोरै होइन, गन्तव्य स्थानभन्दा १ हजार ४ सय किलोमिटर टाढा । भएन त आपत् † ती वृद्धको गल्ती केवल यो थियो कि उनले च्इःभ् टाइप गर्नुपर्ने ठाउँमा च्इः टाइप गरेका थिए । त्यसैले काम गर्नुभन्दा अगाडि कति सचेत रहनुपर्छ र सानो गल्तीले कतिसम्मको दुःख भोग्नुपर्दछ भन्ने यस घटनाले चरितार्थ गर्दछ ।




