यी महिलाको डे«स देखेर चकित नपर्ने सायद कोही थिएनन् होला । अहिले सामाजिक सञ्जालमा यी महिलाको हर्कतको एकदमै चर्चा हुने गरेको छ । तर, यिनले यसरी पैसाको लुगा लगाउनुको पछाडि पनि विशेष कारण रहेछ । अझ आश्चर्यको कुरा के छ भने उनको डे«सबाट आवश्यक परेको पैसा निकाल्न सकिन्छ । यो कार्यमा उनका प्रेमीले पनि साथ दिएका छन् । यी जोडीको भनाई के छ भने ‘हामीलाई भगवानले सबै दिएका छन् । अब हामीले अरुलाई सहयोग गर्नुपर्छ’ भन्दै यस्तो लुगा लगाएर हिंडेको बताउँछिन् यी महिला । गरीब तथा पैसा आवश्यक पर्ने मानिसहरूलाई मद्दत गर्नका लागि यस्तो विचित्रको उपाय अपनाएकी हुन् रे ।




