हामीले जनावरहरूको अनेक बानीका बारेमा त सुनेकै छौं । तर यो एउटा यस्तो अनौठो बाँदर हो जसले पार्क गरेको बाइकबाट पेट्रोल चोरेर खाएको घटना विश्वभर चर्चित बनेको छ । यस्तो अनौठो बाँदर भारतको हरियाणास्थित पानीपतको एक बजारमा हालै देखा परेको छ । यसले स्थानीय व्यस्त बजारको पार्किङहरूमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको स्थानीय प्रत्यक्ष्ँदर्शी बताउँछन् । मोटरसाइकल पार्किङ गरेको ठाउँमा गएर उसले बाइकको इन्धन पाइप दाँतले टोकेर प्वाल पार्दछ । त्यसपछि उक्त पाइपबाट बग्ने बाइकको पूरै पेट्रोल खाइदिन्छ । उसको प्रतिक्षाको विषय नै बाइक हुन्छ । यदि कसैले मोटरसाइकल ल्याएर ठड्याएको देख्ने बित्तिकै त्यहाँ पुगेर बाँदर बाइकको पाइप टोक्न सुरु गरिहाल्छ । यो बँँदर अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । यो बाँदरको बानी छुटाउनका लागि यसलाई बाइकको पेट्रोल चोर्दाचोर्दै देखेर धेरैचोटी मानिसहरूले लखेटे तरपनि ऊ त्यो ठाउँ छोडेर गएको छैन ।
यही हो पेट्रोल चोर बाँदर




