काठमाडौं । कार्यकालको प्रारम्भदेखि नै विवादस्पद भूमिकामा रहेका गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहुकल केसी फेरि पदीय मर्यादाको उल्लंघन गरेर नग्न रुपमा प्रस्तुत भएको खबर छ । गरिबी निवारण कोषको कार्यकारी निर्देशक पदमा नियुक्ति लिनका निम्ति आफू कुनै राजनीतिक दलस‘ग आवद्ध नरहेको भनि लिखित रुपमा सपथ गरेका केसीले गरिबी निवारण कोषको तलब सुविधा र सरकारी साधनको प्रयोग गरेर २०७४ असार १४ गतेको स्थानीय तहको निर्वाचन सक्रिय भइ दा¨ जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारहरूको प्रचार प्रसार गर्नमा ब्यस्त रहेको देखेपछि निजलाई स्थानीय जनताले लखेटेको खबर छ । चतुर कार्यकारी निर्देशक केसीले महाशाखा प्रमुख लक्ष्मण पाण्डेलाई निर्वाचनको समय पारेर जुम्ला जिल्ला भ्रमणको काज दिएर पाण्डेकै गाडी निर्वाचनभर प्रयोग गरेको खबर छ । २०७४ असार १० शनिवारदेखि १४ गतेसम्म कार्यालयमा अनुपस्थित भएका केसीले असार ११, १२, १३ र १४ र १५ गते विदा लिएर कांग्रेसका उम्मेदवारको प्रचार÷प्रसारमा खटिएको खबर छ । केसी असार १६ गते मात्रै कार्यालयमा उपस्थित रहेको स्रोतले बताएको छ । २०७४ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आफू समेत विभूषण र पदक दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफैंले हस्ताक्षर गरेर आफ्नो नाम सिफारिस गरी पठाएको थाहा भएपछि कोषका कर्मचारीको बीचमा उपहासको मात्र बनेका केसीले उपाध्यक्षको जानकारी बिना सिफारिस गरी पठाएको थाहा भएपछि त्यसबेला सरकारले उनलाई पदक र पुरस्कार नदिने निर्णय गरेको कुरा कर्मचारीहरू चर्चा गर्ने गर्दछन् । मुख्यसचिव सोमलाल सुवेदीको आडमा गरिबी निवारण कोषमा मनपरी गर्दै आएका केसीको भ्रष्टतन्त्र विरुद्ध तत्कालीन उपाध्यक्ष युवराज पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तथ्यप्रमाण सहित उजुरी दिएका थिए ।
अहिले सामान्य नैतिकताको समेत ख्याल नगरी ऐन कानूनको धज्जी उडाएर आफ्नो दल नेपाली कांग्रेसको पक्षमा निर्वाचनको प्रचारमा हिंडेका कार्यकारी निर्देशक केसीका विरुद्धमा व्यावसायिक व्यक्तित्वको पहिचान भएका गरिबी निवारण कोषका उपाध्यक्ष वाई.वी.थापाले के कस्तो कारवाही चलाउ‘छन् भन्ने कुरा प्रतिक्षामा कर्मचारीहरू रहेका छन् । स्मरण रहोस्, पूर्व उपाध्यक्ष पाण्डेले निजले भ्रष्टाचार गरेको भनि निजले गरेका अनियमित कार्यहरूको विवरण आवश्यक कारवाहीका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका थिए । तर मुख्य सचिव सोमलाल सुवेदीले सो उजुरी गायब बनाएको कुरा कर्मचारीबीचमा चर्चा हुने गरेको छ । केसीले गरेको अख्तियारको दुरुपयोग र भ्रष्टतन्त्रको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समेत बुझिएको छ ।




