नेपाली सेनामा सुधार छ, गरेका छन र गर्ने छन् भन्ने प्रतिवद्धता बोकेर जुन बाटो चिफसाव हिड्नु भएको छ त्यो धेरे धेरै योग्य र उपयुक्त छ । यो हुनपर्ने धेरै पहिले तर अहिले आएर भयो । पहिलाखाने मोटाउने र अघाएकाहरू आज बचियो भनेर दुलामा लुकेर बसेका र विदेश पलायन भएका छन होला तर त्यसको पनि उपचार र खोजीगर्नु जरुरी छ चिफसाव । एउटा कुरा यो चाकडी भनुम या सेवा भनुम कि नेपाली सेनामा २०÷२५ जनाको सैनिक जत्था किन रक्षा मन्त्रालयमा? के रक्षामन्त्रालयमा कर्मचारीहरू नपुग हो या सैनिकलाई काम लगाएर त्यहाँभएका ना.सु., अपरेटर, शाखा.अधिकृत, उपसचिव र सहसचिव चाहिं राजनैतिक, विदेश भ्रमण र भत्ताखाने मात्र हुन् र सेनाका सिपाहीलाई भाडा माझ्न लगाउने, चिया बोक्न लगाउने, गाडी हाँकेर हाकिमको श्रीमती र छोराछोरीलाई सपिङ्ग गराउने मात्र हो ?
के त्यहाँबाट सिपाही सैनिक हटाएर रक्षा मन्त्रालयलाई चाहिने आवश्यक काम कार्वाहीको लागि सुरक्षा परिषदबाट लिन मिल्दैन जुन परिषद्का सैनिकहरू काम नपाएर बसेका छन रे । कुन सिपाही कुन आर्मी कति बजे घर जाने कति बजे डिउटी गर्ने पत्तो हुन्न रे । हाकिमलाई कुरा लगायो म त पावर लगाएर आएको कस्ले के गर्छ भन्ने मात्र छन् रे ? सिपाही आज सिमाना र रक्षाको लागि भर्ना गर्ने कि निजामति कर्मचारीको चाकडी गर्न ?, जहाँ करारमा भर्ना गरेर मानिसलाई घरतिर, आफ्नो व्यक्तिगत काममा लगाउने अनि देशमा रक्षकलाई चियाका कप माझ्ने काम लगाउने यो ध्यान किन नगएको चिफसाव सेनामा ? खै चाकडीवाज र आदर्शवादका कुराहरू ?
एउटा शाखा अधिकृतलाई आर्मीको गाडी रे, सिपाही चालक रे ? कहाँसम्मको योग्यता र मर्यादित पद हो यो र यस्तो सुविधाहरू पाउने सामान्य प्रशासन मन्त्रीज्यू, २४ घण्टा डिउटी गर्ने सिपाहीलाई पेन्सन अवधि घटाउन नदिने अर्थ मन्त्रालय आज निजामतिलाई ६० बर्षे बनाउनमा दिवासपनाको रमझममा लागेको छ, खै सिपाही, प्रहरीहरूको जागिरको पीडा र अवस्था, तिनको परिवारको दयनीय अवस्था हेरेको छ ?
सुरक्षानिकायको तलव र भत्ता बढाउन ज्वरो आउने तर निजामतिको सुविधाहरू बढाउन केही रोकतोक नगर्ने किन ? त्यही सिपाहीलाई घरमा पालेर मोज गर्ने र कुकुर सरह काम लगाउने सुरक्षाकर्मीहरू हो विचार गर, आफ्नो परिवारको लागि बाँच्ने हो परिवार नै नभए केको सेवा गर्नु सामन्ती शासकहरूको ? विचार गर । घर जाने बेलामा हाकिमले केही दिन्न सिवाय काम हो ।
रक्षामन्त्रीज्यु तपाईका ठूलठूला भाषण, सेनाको व्यारेक र पीरमर्का बुझन् हेलिकप्टर चढेर सिपाहीको सुखदुखमा साथ दिन्छु र सैनिकको लागि जे पनि गर्छु भनेर रोष्ट र भतेर खाएर सिपाहीको रासन कटाएर हाकिमले बनाएको परिकारमा रमाएर बोलेको बाचा खै पूरा गरेको ?
सिपाहीको जागिर अवधि खै झारेको ? दुईचार जना पत्रकारहरू पालेर, उद्घाटनको फोटो हालेर म पत्रकार हुँ भन्ने पालेर कतिदिन हिंड्ने ? जर्णेललाई म्यादथप, काम र ओहोदाको लागि प्रमोसन गरिदिन्छु भन्दै हिंड्ने तपाईका पत्रकारहरूलाई सम्झाई दिनुस् ? चिफसाव फाष्ट ट्रैयाकको भ्रष्टाचारमा रक्षा मन्त्रीका आफन्त पनि छन रे भनेको सुनेको छौ त्यसको पनि छानविन होस् ।
राष्ट्रिय.सेवा दलका रिटार्ड उपरथी रमीन्द्र क्षत्री (अ.प्रा.)को पनि छानविन होस् जसको पालामा एनसीसी निर्माणमा भाईचिफसाव भएको शक्तिको वेलामा जे पनि जति पनि काम भए सबै गतिला भएका छैनन जुन आज ठाउँठाउँमा देखिएका छन ? केही चाहि छायाँ चिफसाव हुँ भन्दै जे पनि गर्ने नियम या वेनियम सबै भएका छन ? उनका आसेपासे सबैलाई कार्वाहीहोस जसरी फाष्ट ट्रयकमा हुँदैछ ।
अनि चिफसाव पेट्रोल पम्पमा हुने लुटतन्त्रमा चिफसावको नजर कहिले पर्छ होला हामी त्यो चाडै सुन्ने आशामा छौ । पहिला गणपति, गुल्मपति, वाहिनीपति र पृतनापति जानमा तछाडमछाड गर्ने अधिकृतहरू अहिले जानै मान्दैनन् रे हो ? यस्तो दिन सधै आवोस चिफसाव । कहिले यो चिफसाव रिटार्ड हुन्छ र ढुक्कले निन्द्रा लाग्छ भन्नेहरू धेरै हुदैछन् यसको जरैसँग उखेल्नु पर्छ भावि चिफसावका पालामा पनि सेनाको सिष्टममा सुधार आउन सक्छ । यस्को लागि निगरानी र सहयोगमा तयार छौ चिफसाव, हजुरको भलो र सुधार हेर्न चाहने ।
–सैनिक अधिकृतहरू




