काठमाडौं । ‘सानालाई ऐन र ठूलालाई चैन’ को सख्त विरोध गर्दै विप्लव माओवादी यतिबेला आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । उसले परिआए यो सामन्ती संस्कार भत्काउन सशस्त्र संघर्ष नै गर्ने चेतावनी दिइरहेको छ । तर, यिनै विप्लवको विद्यार्थी संगठनमा पहु“चवालालाई उन्मुक्ति दिएर निर्दोषलाई बलिको बोको बनाइएको घटना बाहिर आएको छ । घटना सरस्वती क्याम्पस, ठमेल र अमृत साइन्स क्याम्पसस“ग सम्बन्धित हो । यी दुवै क्याम्पसले केही महिनाअघि टेन्डरमा पर्खाल निर्माण गरेका थिए । सरस्वती क्याम्पसले ७० लाखमा र अस्कलले पनि लगभग यति नै रकमबराबरको वाल निर्माण ठेक्का अलग–अलग निर्माण कम्पनीलाई दिएको थियो ।
सबैलाई ज्ञात छ, यसरी कलेजमा हुने निर्माणको ठेक्कामा विद्यार्थी संगठनका नेताहरूले सीमित प्रतिशतको भाग खोज्ने गरेका छन् र निर्माणकर्ताले उनीहरूको माग अनुसार नै भाग दिने गरेका छन् । यी दुई क्याम्पसमा पनि विप्लवको विद्यार्थी संगठनसहित पा“च संगठनलाई टेन्डर पारेको निर्माण कम्पनीले १५ प्रतिशत छुट्ट्याएको थियो । हो, यही रकमको विषयले अहिले विप्लवको विद्यार्थी संगठनमा असन्तुष्टि चुलिएको छ ।
सरस्वती कलेज अगाडिको वालको टेन्डरको कमिसनवापतको रकम लिन निर्माणकर्ताले विप्लवको विद्यार्थीलाई बोलाइरहेका छन् । रकम लिन आउलान् कि भनेर उनी खल्तीमै रकम बोकेर हि“डेको स्रँेतले बताएको छ । तर, विप्लवको पार्टीले ठेकेदारको खल्तीमा भएको रकम लिएको आरोपमा सरस्वती क्याम्पस इकाईका पूर्व अध्यक्ष कृष्ण सेवालाई पार्टीबाटै निलम्बन गरेको छ ।
उदेकलाग्दो कुरा त के छ भने सरस्वती क्याम्पसबाट मात्रै केही पाइलाको दूरीमा रहेको अमृत साइन्स क्याम्पसको वाल बनाएबापत प्राप्त अढाइ लाख पार्टीलाई नबुझाएर चप्काएका दुई पात्र भने पार्टीमा डुक्रि“दै हि“डेका छन् । विप्लवको विद्यार्थी नेता लोकेश विक र विनोद लुइ“टेलले यसरी रकम लिएको आरोप छ । यसरी गलत काम गर्नेलाई आफन्त भएकै कारण उन्मुक्ति दिएको र निरीह भएकै कारण निर्दोषलाई कारबाही गरिएको भन्दै विप्लवको विद्यार्थीभित्र यतिबेला असन्तुष्टि चर्किएको छ ।
अर्थात जेमन्त
– शरदराज गौतम
फेरि पनि मधेशलाई ‘चौरस्ता’मा उभ्याईएको छ ।
बिना कुनै अभियोग, बिनाकुनै कसुर वैरी सा“ध्ने गरि
नेपाल राष्ट्रको इतिहासमा मधेश फेरि पनि ‘क्रुसीफाई’ हुन पुगेको छ ।
कसैलाई भ्रम नरहोस् ।
उक्साहटमा पारेर मधेशलाई ल्याई पु¥याईएको यो अबस्थाका लागि
राजपामा लगौंटी सुकाएर गोलबन्द भएका मधेशवादी दलहरू जति जिम्मेवार छन्
त्यति नै मधेशलाई कामत र प्रगन्नामा अलमल्याएर भोट बैंक बनाउने
नेपाली कांग्रेसका नेता, एमालेका खा“टी संगठनवादीहरू र उचक्का माओवादीहरू
सबका सब त्यति नै जिम्मेबार छन ।
कसैले सा“खुल्ले न पल्टिए हुन्छ ।
मधेशमा मधेशीको मात्रै होइन, सप्पैको धोती खुस्किएको हो ।
सिलसिलेबार गरिएका सन्धिहरू पल्टाएर हेरे हुन्छ ।
सिलसिलेबार शहीद घोषणाको दृश्य सम्झिए हुन्छ ।
मधेशलाई शहीद घोषणा र क्षतिपूर्तिमा
बनिया बार्गेन गर्ने मधेशीहरू अपराधी हुन भने
त्यसको मतियार नेपाली राजनीतिका दृश्य नायकहरू पनि हुन ।
त्यसैले मधेशको एक्लो क्रुसीफाई गलत छ भनेको मैले ।
मधेश यदि दहेज मागेर हैरान पार्दछ भने
यसलाई उसको सामाजिकता भनेर बुझे हुन्छ ।
मधेश यदि संघीयतामा जनसंख्याको आधार ग्यारेन्टी खोज्छ भने
यो उसको मधेशी बार्गेन विधि भनेर बुझ्दा हुन्छ ।
दुबै थोक मधेशसित बिरासतमा आएका हुन
मधेशसित समृद्धि लुट्ने काठमाण्डौ शासनको बिरासत ।
चौरस्तामा क्रुसीफाई हुन तयार मधेशसित अहिले डर कति मात्रै हो भने
यो कतै ‘बदमाश केटो’ न कहलियोस्
र, नेपालका ठूला भनाउंदा दलहरू बतासे कुरा गरेर तिनलाई दुत्कार्ने न गरुन ।
मलाई त लाग्दछ,
मधेशलाई बदमाश केटो बन्नबाट रोक्न यतिबेला
सत्तारुढदालका नेताहरू भन्दा पनि
प्रतिपक्षी नेता केपीले यसको अगुवाई लिई दिनु पर्दछ ।
केही चरित्रहीन नेताहरूको उल्लु व्यवहारको श्राप मधेशलाई दिन रोक्नु पर्दछ ।
कम्तीमा केपीले इतिहासको यो मोडमा
तिनलाई तिनकै करेसाबारीमा आत्महन्ता गर्न रोक्नु पर्दछ ।
एउटा भारु गल्तीको लागि सिङ्गो मधेश प्रताडित गरिनु हुन्न ।
त्यसैपनि निर्वाचनको प्रवाहबाट मधेश एक्लिएको छ ।
यसको पीडा मधेशमा यतिखेर खेतआलिमा देखिंदो छ ।
मधेशि नेताहरूले शहीद र क्षतिपूर्तिको ‘ज्या“च्ति’ खेल बन्द गर्नुपर्दछ ।
आफ्नै खेत खलियान र करेसाबारीमा मधेश हारेर
नेपालको एकात्मकताको कुनै ‘मायने’ हुन्न ।
कम्तीमा तालुमा जुड शितल पानी ठोकेर पनि, मधेशलाई
यसकै स्वभावमा हुर्किन दिनु पर्दछ ।




