🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब सबै दल संवैधानिक राजसंस्थामा फर्किनु पर्छ यस्तो गतिछाडा पार्टीको पनि के कुरा गर्नु हुन्छ ?

(रामबाबु प्रसाईं (९६) नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यको एउटा चिरपरिचित नाम हो । जीवनको लामो कालखण्ड कांग्रेस राजनीतिमा लागेर गुजारेका प्रसाईंले मूल्य, निष्ठा र सिद्धान्तको राजनीतिमा कहिल्यै सम्झौता गरेनन् । यही स्वभावका कारण खनुपरुदेको साहित्यिक उपनामबाट समेत परिचित प्रसाईंले कांग्रेस गणतन्त्रमा गएपछि पार्टीसँगको सम्बन्ध विच्छेद गरे । ९६ वर्षको यो उमेरमा पनि उत्तिकै जोश र जाँगरका साथ आफ्नो विचारको रखबारी गर्न तल्लीन प्रसाईं संवैधानिक राजतन्त्रमा देश नफर्किए देशको अस्तित्व नै संकटमा पर्ने बताउँछन् । पछिल्लो समय यही विचारको रक्षा गर्न नेपाली कांग्रेस राष्ट्रवादी गठन गरेका प्रसाईंसँग हामीले समसामयिक राजनीति र उनको राजनीतिक जीवनयात्राबारे संवाद गरेका छौं । प्रस्तुत छ, लामो कुराकानीको सम्पादित अंशः सम्पादक)
सा“घु साप्ताहिक–स्थानीय तहको दुई चरणकै परिणाम बाहिर आएको छ । यो परिणामलाई तपाईंले कसरी लिनु भएको छ ? 
रामबाबु प्रसाई–लामो समयदेखि स्थानीय चुनाव हुन सकेको थिएन । चुनाव नहु“दा जनताले आफ्नो प्रतिनिधि पाएका थिएनन् । अहिले निर्वाचनमार्फत जनताले प्रतिनिधि पाएका छन् । यो नै चुनावको सबैभन्दा सकारात्मक पाटो हो । 
सा“घु–जनताको यसपटकको छनोटलाई चाहिं तपाईंले कसरी लिनु भएको छ ? 
रामबाबु प्रसाई–मैले भनें नि, यो चुनावको सबैभन्दा राम्रो पक्ष भनेकै जनताले जनप्रतिनिधि पाउनु हो । जनताले त देशलाई लथालिंग र भद्रगोलमा पु¥याएका, बाटो बिराएका उही दलहरू नै छानेका त छन् नि ।
सा“घु–कांग्रेस पहिलो पार्टी थियो । तर, यसपटक उसलाई एमालेले पछा¥यो । यस्तो किन भयो होला ? 
रामबाबु प्रसाई–यो स्थानीय निर्वाचन हो । जनताले स्थानीय चुनावमा पार्टी नभएर व्यक्ति रोज्छन् । अर्को कुरा, राजनीतिमा दलको आकार तल–माथि भइरहन्छ, यो कुनै नौलो घटना होइन ।  २०६४ सालमा भएको पहिलो संविधानसभाकै कुरा गर्नुस् न,  त्यतिबेला कांगेस निकै खुम्चिएको थियो । उसले केही निर्वाचन क्षेत्रमा मात्रै जित्न सक्यो ।  तर, २०७० सालमा त उसको पुनरागमन पहिलो शक्तिकै रुपमा भयो । पहिलो राजनीतिक दल बनेको माओवादी तेस्रो त भयो तर निकै थोरै सिट जितेर । भोट भनेको यस्तै हो, कता–कता के–के हुन्छ भन्नै सकिंदैन । 
सा“घु–कतिपयले यो परिणामलाई हेरेर कांग्रेसको विकल्पमा अन्य दल पर्न थालेको विश्लेषण गरिरहेका छन्, कांग्रेसको विकल्प जनताले खोज्न थालेका हुन् भन्ने निष्कर्ष यो निर्वाचनबाट निकाल्नु कति सान्दर्भिक होला ? 
रामबाबु प्रसाई–एमालेले अहिले जुन राजनीतिक भूमिका निर्वाह गरेको छ, त्यो कांग्रेस र माओवादीको भन्दा ‘बेटर’ छ । अरुसंग हत्तपत्त नझुक्ने, अरुले दुःख दिंदा पनि डटेर सामाना गर्ने, साहसपूर्वक लडेको हुनाले र खासगरी मधेसबाट आइरहेको बिखण्डनप्रेरित प्रस्तावहरूको विरोध गरेकाले एमाले राजनीतिक रुपमा सही ट्रयाकमा हिंडिरहेको देखिन्छ । कांग्रेस–माओवादीले मधेसी दलको प्रस्ताव स्वीकारेकाले त्यसको फाइदा अहिले एमालेलाई भएको छ । देश बर्बाद हुन्छ भनेर एमालेले राष्ट्रवादी छवि निर्माण गरेकाले देशैभरिबाट एमालेको पक्षमा अत्याधिक भोट परेको छ । 
सा“घु–अबका चुनावमा पनि एमाले नै हाबी भएर अन्य दल पराजित हुने सम्भावना चाहिं कत्तिको देख्नु हुन्छ ? 
रामबाबु प्रसाई–यो स्थानीय तहको विकासवाला चुनाव हो । त्यसैले अन्य चुनावमा पनि यस्तै परिणाम आउ“छ भनेर भन्न सकिंदैन । 
सा“घु–यो चुनावमा चाहिं कांग्रेस कहा“ कहा“ चुक्यो, विश्लेषण त गर्नु भएको होला नि ? 
रामबाबु प्रसाई–बिखन्डकारीको इशारामा नाच्ने पार्टी हो, नेपाली कांग्रेस । अहिले मधेसी दलले जे–जे भन्यो त्यही कुरा खुरुखुरु मानिरहेको छ । अब यस्तो गतिछाडा पार्टीको पनि के कुरा गर्नु हुन्छ ? मलाई यो पार्टीबारे कुरा गर्नै मन छैन । 
सा“घु–तपाईं कांग्रेसमा जीवनको लामो कालखण्ड सिञ्चित गर्नु भएको नेतामध्येमा पर्नुहुन्छ । कांग्रेसको माया लाग्दैन ? 
रामबाबु प्रसाई–त्यो त कुरै नगर्नु, आफूले मलजल गरेर हुर्काएको पार्टीको औधि माया लाग्छ । यही माया“कै कारण पार्टी छाडेपछि पनि यो पार्टीलाई अप्ठ्यारो पर्ला भनेर केही काम नगरी बसेको छु । 
सा“घु–उसो भए मलाई बताइदिनुहोस त राष्ट्रिय राजनीतिमा कांग्रेसले यतिबेला खेलिरहेको भूमिका चाहिं कस्तो लाग्छ ? 
रामबाबु प्रसाई–हत्तेरी † जुन पार्टीले मधेस र पहाडलाई अलग गर्न खोज्छ, त्यस्तो पार्टीको पनि अब के कुरा गर्नु । कांग्रेस, एमाले, माओवादी जुनसुकै भए पनि यस्ता पार्टीहरूबारे कुरा गर्नु अर्थहीन छ । 
सा“घु–कांग्रेसले बाटो बिरायो भन्ने चाहिं तपाईंलाई किन लाग्या नि ? 
रामबाबु प्रसाई–राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कुरा नया“ होइन ६०–७० वर्ष पुरानो कुरा हुन् । कुरा राम्रो गर्ने तर, व्यवहार ठीक उल्टो गर्ने भएपछि त्यस्तो कांग्रेस पार्टी काम लाग्दैन । कांग्रेसको प्रजातन्त्रप्रतिको प्रतिबद्धता कति कमजोर छ भन्ने कुरा म तपाईंलाई यहा“निर स्मरण गराउन चाहन्छु । २०४७ सालमा बहुदल पुनःस्थापना भएपछि पूर्वपञ्चहरूले पनि राप्रपा खोले र निर्वाचनमा जाने तयारी गरे । त्यसबेला कांग्रेस र एमाले दुवैले राप्रपाका उम्मेदवार र सहयोग गर्ने मान्छेहरूलाई हिंड्न पनि दिएनन् । म प्रश्न गर्न चाहन्छु – के त्यही हो प्रजातन्त्र ? हेर्नुस्, प्रजातन्त्रवादी ओंठले रटान लगाएर मात्रै हु“दैन, त्यो व्यवहारमा हुनुपर्छ । एमालेले अहिले राष्ट्रवादी अडान लिएर जिम्मेवार दलको भूमिका खेलेको मात्रै हो, वर्तमानका अन्य दलहरू कुनै पनि इमान्दार छैनन् । 
सा“घु–कांग्रेसमै जीवनको लामो कालखण्ड बिताउनु भयो । कांग्रेसले बाटो बिरायो भन्दै चटक्कै छाड्नु भयो । यसलाई सही बाटोमा ल्याउने प्रयासचाहिं किन गर्नु भएन ? 
रामबाबु प्रसाई–पार्टी भनेको नेतृत्वले निर्माण गर्ने हो । नेतृत्व राम्रो हु“दा पार्टी राम्रो हुन्छ, नभए बिग्रन्छ । गिरिजाप्रसाद कोइरालाकै कुरा गरौं न । उनले राजसंस्था छाडेर पार्टीलाई, गणतन्त्रमा लगे, पार्टीलाई सिद्धान्तहीन बनाए । उनको हठका अगाडि पार्टी सुधार्न सकिंदैन जस्तो लाग्यो र हामीले छाडिदिऔं । 
सा“घु–भनेपछि कांग्रेसले फेरि राजतन्त्र बोक्नु प¥यो हो ? 
रामबाबु प्रसाई–यो देशमा संवैधानिक राजसंस्था फर्किएन र गणतन्त्रले नै काम गर्दै गयो भने यो देश बिखण्डित हुन्छ । त्यसैले देश जोगाउने हो भने कांग्रेस मात्रै होइन, अब सबै दल संवैधानिक राजसंस्थामा फर्किनु पर्छ । 
सा“घु–विश्वका धेरै देश राजसंस्था फालेर प्रगति गरेका छन् । तर तपाईंहरू राजसंस्था नहु“दा देश नै बिखन्डन हुन्छ भनिरहनु भएको छ । अन्यत्र खतरा नहुने, नेपालमा चाहिं खतरा छ भन्नु अलि असंगत कुरा जस्तो भएन र ? 
रामबाबु प्रसाई–यो त स्थिति हेरेर हुन्छ । त्यसका लागि म तपाईंलाई एउटा उदाहरण दिन्छु । चिनी गुलियो हुने भएकाले सबैलाई मनपर्छ । तर, गुलियो भयो भनेर डाइबेटिज लागेकाले त खानु भएन नि । हो, हाम्रो देशका लागि गणतन्त्र डाइबेटिज रोगी लागेकालाई चिनी दिएजस्तै हो । मैले यति भनेपछि तपाईंले कसरी भन्ने प्रश्न गर्नुहुन्छ । तर, राजनीतिमा सबै कुरा भन्न नमिल्ने भएकाले म यसबारेमा थप बोल्न चाहन्न“ । देशको भौगोलिक परिस्थिति अनुसार म कुरा गर्दैछु । व्यक्तिगत रुपमा म राजतन्त्र भन्दा गणतन्त्र मन पराउने मान्छे हु“ । तर, मन परेर के गर्नु, नेपालका लागि यो उपयुक्त नै छैन । हेर्नुस् त, नेताहरू हाकाहाकी देश टुक्र्याउने कुरा गर्न सक्ने भएका छन् । यो गणतन्त्रको उपज हो । यहा“ राजतन्त्र हुन्थ्यो भने कसैले पनि यस्तो भन्ने हिम्मत गर्न सक्दैनथे । 
सा“घु–तपाईंहरूले आवश्यकता महसुुस गर्नु भएको राजतन्त्र त आउटडेटेड औषधि जस्तो काम नलाग्ने भयो भन्नेहरूलाई के भन्नु हुन्छ नि । अनि कसरी फर्कन्छ त त्यो राजतन्त्र अब ? 
रामबाबु प्रसाई–राजतन्त्र काम लाग्ने छ कि छैन भन्ने कुरा त गणतन्त्रपछिका १० वर्षलाई राम्रोसंग नियालेर हेर्दा पनि थाहा हुन्छ । देश राजनीतिक रुपले अगाडि जा“दैछ कि पछाडि जा“दै  छ भन्ने विश्लेषण गरेर सबैले गम्भीर भएर सोच्न अब ढिला गर्न हु“दैन । 
सा“घु–बिखन्डनकारीको इशारामा नेता चले भनेर भन्नु भयो । त्यति ठूलो त्याग र तपस्या गरेर परिवर्तन ल्याएका नेतालाई यति ठूलो आरोप अलि हजम भएन कि ? 
रामबाबु प्रसाई–बाहिर जे भने पनि सिद्धान्तलाई तपशीलमा राखेर पद, पैसा र सत्ताका लागि मरिहत्ते गर्ने मान्छे जहा“ पनि जान सक्छ । कुरा कहिले राम्रा गर्छन् कहिले नराम्रो गर्छन् । तर, कुरा मात्रै गरेर भएन नि ? 
सा“घु–यो पुरानो पार्टी कांग्रेसको भविष्य कस्तो देख्नु हुन्छ ? 
रामबाबु प्रसाई–पुरानो पार्टी संधैभरि रहिरहन्छ भन्ने हु“दैन । बिखन्डनको कुरा कांग्रेसले अहिले जसरी गरिरहेको छ, त्यसको मूल्य कांग्रेसलाई आउ“दा दिनमा कडा पर्नेछ । नेपाली कांग्रेसभन्दा प्रजा परिषद् निकै पुरानो हो । उसको हविगत के भयो । कांग्रेस यसरी नै अघि बढ्ने हो भने कांग्रेसको हविगत प्रजा परिषद्का जस्तो नहोला भन्न सकिन्न“ ।
सा“घु–यी त भए समस्या । समाधान पनि त होलान् नि ? 
रामबाबु प्रसाई–राष्ट्रियता जोगाउनु प¥यो, व्यवहारसहितको प्रजातन्त्र हुनप¥यो । यसमा समाजवाद भयो भने अझै सुनमा सुगन्ध हुनेछ । तर, यसका लागि सबैभन्दा पहिले संवैधानिक राजसंस्थाले मात्र समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ । 
सा“घु–यो राजा ल्याउने नेतृत्व कसले लिने त ?
रामबाबु प्रसाई–कुरा उठिरहेको छ, अब कसै न कसैले लेलान् नि । ९६ वर्षको यो उमेरमा मैले दिन सक्ने भनेको विचार मात्रै हो । कमल थापाले राजसंस्थाको विषयमा जोड दिंदै आएकाले उनले नेतृत्व गर्छन् कि जस्तो मलाई लाग्छ । उनीबाहेकले पनि कुरा गरिरहेका छन् । 
सा“घु–प्रसंग थोरै बदलौं, कांग्रेसबाट अलग भएपछि नया“ पार्टी गठन गर्नु भएको थियो । हिजो आज के गर्दैछ तपाईंहरूको पार्टी ? 
रामबाबु प्रसाई–केही त गर्नु प¥यो भनेर खोलिराखेको हो । तर, ंगठन गर्न गाह्रो परिरहेको छ । नेपाली कांग्रेस राष्ट्रवादी भनेर खोलेको भए पनि संगठन गर्न सकिएन । खाली एउटा दियो बालिरहेको जस्तो गरी पार्टी जोगाएर राखेका छौं । 
सा“घु–संगठन गर्न अप्ठ्यारो चाहिं के कारणले भयो ? 
रामबाबु प्रसाई–संगठन गर्न खट्ने मान्छे, पैसा पनि चाहिने रहेछ । अर्को अप्ठ्यारो के प¥यो भने पार्टी खोलेपछि नेपाली कांग्रेसको विरोध गर्नुपर्ने हुन सक्थ्यो । तर, त्यो पार्टीमै जीवन बिताएकाले मलाई त्यसरी विरोध गरेर अघि बढ्न पनि मनले मानेन । यी इत्यादि कारणले संगठन गर्न सकिएन । संगठन गर्न नसके पनि विचार त छ“दैछ । 
सा“घु–लामो समय नेपाली कांग्रेसको राजनीतिमा रहनु भयो । तर, जीवनको पछिल्लो कालखण्डमा आएर पार्टीबाट अलग हुनुभयो । कस्तो अनुभूति भइरहेको छ हिजोआज ? 
रामबाबु प्रसाई–अनुभूति भएरै त कांग्रेस पार्टी छाडें नि । जुन दिन नेपाली कांग्रेसको स्थापित सिद्धान्त र वीपीवाद त्यागेर गिरिजाप्रसाद कोइरालाले पार्टीलाई गणतन्त्रमा लगे, त्यही दिन कारणसहित राजीनामा गरें । 
सा“घु–कांग्रेसका नेताहरू तपाईसंग भेटघाट गर्न त आउ“छन् होला नि ?  
रामबाबु प्रसाई–भेटघाट त हुन्छ तर, एउटा राजावादी र गणतन्त्रवादीका रुपमा भने होइन । भेटघाटका क्रममा तपाईंले गरेका कुरा पुराना भए । वीपी ज्यु“दा रहेको भए उहा“ पनि गणतन्त्रवादी नै हुनुहुन्थ्यो भन्छन् । अब त्यस्ता कांग्रेस नेताको के कुरा गर्नु । 
सा“घु–तर, उहा“हरूले खोजेको र चाहेको परिवर्तन पनि नाजायज त होइन नि, होइन र ? 
रामबाबु प्रसाई–हरेक कुरामा परिवर्तन ? यो हुन सक्दैन । हरेक कुरामा परिवर्तन आवश्यक छ भन्ने हो भने त राष्ट्रियताको पनि परिवर्तन हुनप¥यो, प्रजातनत्रको पनि परिवर्तन चाहिन्छ । परिवर्तन त देशको कल्याण हुने कुराको मात्र गर्ने हो, परिवर्तनको पनि सदुपयोग हुनुपर्छ । बाबुआमालाई मान्नुपर्छ भन्ने संस्कारमा परिवर्तनमा परिवर्तन ल्याएर छोराले उपरखुट्टो ल्याउने ? 
सा“घु–९६ वसन्त पार गर्नुभयो । दिनहरू कसरी बित्दैछन् नि ? 
रामबाबु प्रसाई–साथीभाइ, इष्टमित्रहरू भेटघाटमा आइरहनुहुन्छ, भेटघाट गर्छु । कसैले केही जिज्ञासा राख्न आए जानेका कुरा भनिदिन्छु । यसरी नै दिनहरू बितिरहेका छन् । 
सा“घु–यसरी कहिलेसम्म सक्रिय भइरहने त ? 
रामबाबु प्रसाई–प्राणरहुन्जेलसम्म आफ्ना कुरा राख्ने, अरुको कुरा सुन्ने कुराबाट अन्तिम समयसम्म रहिरहनेछु । उमेरजन्य समस्याबाहेक ठूलो समस्या नभएकाले केही समय अझै सक्रिय हुन पाउ“छु कि जस्तो लागेको छ । 
सा“घु–जीवनको यो मोडमा आइपुगेर केही गर्न पाए हुन्थ्यो जस्तो लागेको छ कि ? 
रामबाबु प्रसाई–देशको अखण्डता र स्वतन्त्रता कायम राख्ने राजसंस्था ल्याउन पाए हुन्थ्यो जस्तो लागेको छ । 
सा“घु–अन्तिममा केही भन्न चाहनु हुन्छ ? 
रामबाबु प्रसाई–यो देशको राष्ट्रियता र अखण्डता जोगाएर स्वाभिमानपूर्वक बा“च्न सबै लागून भन्न चाहन्छु ।