🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्डले हामीलाई नेता माने पार्टी एकता हुन सक्छ

सा“घु साप्ताहिक–मुलुककै वैकल्पिक राजनीतिक शक्तिका रुपमा उभ्याउने घोषणा गरी नया“ शक्ति पार्टी बनाउनु भयो । निर्वाचनको परिणाम हेर्दा त जनताले स्वीकार गरेनन् नि ?
कुमार पौडेल–मुलुक पुरानो राजनीतिक अध्याय समाप्त भएर नया“ ठाउ“मा उभिएको सन्दर्भमा हामीले नया“ शक्ति पार्टी नेपाल निर्माण गरेको हौं । पार्टी स्थापनाको एक वर्ष नपुग्दै निर्वाचनमा सहभागी हुनुप¥यो । पार्टी संगठन जनताबीच व्यापकरुपमा विस्तार गरी नसक्दै निर्वाचनमा सहभागी हुनुपर्दा अपेक्षित परिणाम आउन नसक्नु स्वाभाविकै हो । यसले वैकल्पिक शक्तिको आवश्यकता छैन भन्ने कुराको पुष्टि गर्दैन । नेपालको राजनीतिमा ७ दशकभन्दा बढी उमेर पार गरिसकेका राजनीतिक पार्टीहरूसंग भर्खर एक वर्षको बालक नया“ शक्तिले प्रतिस्पर्धा गर्ने कुरा सामान्य होइन । नया“ शक्तिका एजेण्डाहरू जनताका मन मस्तिष्कमा मुखरित भएका छन् । आगामी दिनमा नया“ शक्तिलाई देशको पहिलो पार्टी बनाउने लक्षका साथ हामी अघि बढिरहेका छौं । 
सा“घु–पार्टी स्थापना गर्दा द्वन्द्वात्मक भौतिकवादबाट निर्देशित भई वाम लोकतान्त्रिक कार्यनीति अपनाउने भन्नु भएको थियो । अहिले पनि यसै सिद्धान्तबाट निर्देशित हुनुहन्छ ?
कुमार पौडेल–परम्परागत बिचार प्रणालीहरू आजको समाज विकासको प्रक्रियामा पुराना हुँदै गए । सूचना,सञ्चार र प्रविधिको विकासले आजको दुनिया“ एउटा गाउ“जस्तो  बनेको छ । यो अवस्थामा पुरानो बैचारिक मान्यताबाट पार्टीहरू अघि बढ्न सक्दैनन् । त्यसैले आजसम्मका ज्ञान, विज्ञानले आविष्कार गरेका मूल्य मान्यताहरूलाई आत्मसात गर्दे द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको ज्ञान, सिद्धान्तमा थप विकास गर्न जरुरी छ । त्यसैले कतिपय कमजोरीका बाबजुद द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई एक वर्षको दौरानमा प्रयोग गर्न सफल भयौं । वाम लोकतान्त्रिक समुन्नत समाजवादको बैचारिक दिशालाई एक हदसम्म नेपाली जनतासमक्ष पु¥याउन सफल भएका छौं । यस कोणबाट हेर्दा पार्टी स्थापनाको एक वर्षमा दर्शन र विचारका मूलभुत पक्षलाई स्थापित गर्न सफल भएका छौं । 
सा“घु–खासमा नया“ शक्ति राजनीतिक प्रणालीको अवधारणा चाहिं के हो ? 
कुमार पौडेल–मानव जातिको हजार वर्षको इतिहासमा विकास भएको सबभन्दा उन्नत र वैज्ञानिक दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विगतमा सही प्रयोग नहुनाले ठूला बलिदानीबाट स्थापित राजनीतिक सत्तारु असफल सावित भए । तर हामीले समाजको विकास, वस्तुका द्वन्द्वात्मक र गतिशीलतालाई गम्भीरतापूर्वक अध्ययन गरी नया“ मूल्य मान्यताकासाथ विकसित राजनीतिक प्रणालीको अवधारणा अघि सारेका छौं । यो राजनीतिक प्रणाली समुन्नत समाजवाद हो । यसले व्यक्तिको निजत्वलाई स्वीकार गरी धनीहरूको नियमन गर्ने र गरीबलाई धनी बनाउने समन्याय प्रणाली लागू गर्न जोड दिन्छ ।
सा“घु–कट्टर माओवादीदेखि कांग्रेस पृष्ठभूमिका  र पूर्व पञ्चहरूसमेत पार्टीमा हुलिएका छन् । बैचारिक र व्यवहारगत संघर्ष र मतभेद त खुबै चल्छ होला नि ?
कुमार पौडेल–पार्टीको प्रथम राष्ट्रिय भेलाले वाम लोकतान्त्रिक समुन्नत समाजवादको कार्यदिशा सर्वसम्मतले पारित गरिसकेको छ । पार्टीभित्र थोरै फरक मत आउन सक्छन् । तर हाम्रो मूल मान्यता भनेको समुन्नत समाजवादको दिशामा अघि बढ्ने हो । यसमा कसैको विमति छैन । जीवित पार्टीभित्र अन्तर संघर्ष हुनु स्वाभाविक हो । यसले नै पार्टीलाई जीवन र गति दिन्छ । पार्टीको बैचारिक विकासमा यसले जीवनदायिनी शक्तिको काम गर्छ । यसलाई अन्यथा लिनु लोकतन्त्र विरोधी बिचार हो । 
सा“घु– प्रथम भेलाले द्वन्द्वात्मक भौतिकवादलाई मार्गनिर्देशक मान्दै पारित गरेको वाम लोकतान्त्रिक कार्यनीति कार्यान्वयन गर्न हिजोदेखि यसमा संलग्न मानिसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै उनीहरूलाई पार्टीमा कमजोर बनाउ“दै लग्ने अवस्था विद्यमान छ भनिन्छ नि ?
कुमार पौडेल–बाबुरामको राजनीतिक जीवन स्टालिनको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र संगठनात्मक प्रणालीमा देखापरेका अलोकतान्त्रिक चिन्तनप्रति विमती राखेर शुरु भएको थियो । उहा“ले आफ्नो पुरानो (माओवादी) पार्टीलाई लोकतान्त्रिकरण गर्नका लागि निरन्तर संघर्ष गर्नुभयो । परिणामत हामी आज नया“ शक्ति निर्माणको अभियानमा छौं । समाजका सबै प्रवृत्तिहरूलाई देशको विकास र सवृंद्धिमा लगाउनुपर्ने दायित्व भएको हामीले नेपाली सामाजिक जीवनका महत्वपूर्ण व्यक्ति, व्यक्तित्वलाई सामेल गरेर यो पार्टी निर्माण गरेका हौं । नया“ शक्ति कुनै पूर्ववर्ती समूहको बिचार समूह होइन । त्यसैले सबैले आफ्ना जिम्मेवारी लिएर भूमिका निर्वाह गरिराख्नुभएको छ, नया“ पुराना भनी बहस गरिरहनु जरुरी छैन । हामी सबै नया“ ठाउ“मा उभिएका छौ र यसक्रममा केही असहजता, घुम्ति र मोडहरू हुनसक्छन् । मूल प्रवृत्तिका आधारमा नेपालको राजनीतिमा एकीकृत, मौलिक र वैकल्पिक धार निर्माण गर्न चाहन्छौं ।
सा“घु–पार्टीभित्र अहिले पूर्वीय र पश्चिमको दर्शनका नाममा छलफल शुरु भएको र वाम लोकतान्त्रिक कार्यदिशामाथि प्रश्न उठाइएको हो ?
कुमार पौडेल–दर्शन पूर्वीय र पश्चिमा भन्ने हु“दैन । मानवजातिले आजसम्म आर्जन गरेको ज्ञान र सिद्धान्त आम समुदायको हितका पक्षमा छ भने जुन भएपनि फरक पर्दैन । तर हाम्रा पुर्खाहरूले पूर्वीय दर्शनका क्षेत्रमा जुन महत्वपूर्ण र सकारात्मक योगदान दिनुभयो त्यसलाई हामी जनसमुदायको सेवामा लगाउन चाहन्छौं । पूर्वीय र पश्चिमा दार्शनिक चिन्तनका सकारात्मक पक्षलाई समेटेर समायोजन गर्नु आजको आवश्यकता हो । योग, ध्यान, शान्ति र संवृद्धि आम मानिसका सुखलाई पूर्वीय दर्शनले महत्वको विषय बनाएको छ । अहिले पश्चिममा समेत यसको महत्व बढ्दै गएको छ । त्यसैले दर्शनका सकारात्मक पक्षलाई आत्मसात गरी  जीवन व्यवहारमा लागू गर्न हाम्रो महत्वपूर्ण दायित्व हुनुपर्छ । 
 सा“घु–तपाईहरूका बिचार र सिद्धान्तका लागि ज्यान गुमाउने शहीद, उनीहरूका परिवार र घाइतेलाई किन बेवास्ता गरिरहनु भएको छ ? अनि योग ध्यानलाई पनि अभियानका रुपमा लग्ने भनिएको थियो नि ?
कुमार पौडेल–योग, ध्यान मानिसका दैनिक जीवनका अंग हुन् । युद्धका घाइते, शहीद तथा घाइते परिवारहरूलाई हामी सम्मान गर्छौं । उहा“हरूलाई सहयोग र स्थापित गर्ने मामलामा हामी समवेदनशील छौं । पार्टी निर्माणका क्रममा भएकाले क्षमता विकास गरी यसमा लाग्ने छौं । 
सा“घु– संघीय समाजवादी फोरमसंग नया“ शक्ति पार्टी नेपालको पार्टी एकता प्रक्रिया कहा“ पुग्यो ?
कुमार पौडेल–अन्तिम चरणमा पुगेको छ । सैद्धान्तिक, बैचारिक आधारहरू मिलेपछि फरक कोटरी बनाएर बसिरहन जरुरी छैन । संघीय समाजवादी फोरमसंग नया“ शक्ति पार्टी नेपालले  एकताको प्रक्रियालार्य अन्तिम चरणमा पु¥याएको छ । सहकार्य र कार्यगत एकता गरी पार्टी एकता गरेपछि मात्र आगामी चुनावहरूमा प्रभावकारी ढंगले उपस्थिति देखाउन सकिन्छ । निर्वाचनमा भाग लिने तर सानो छाति लिएर पार्टी एकता तथा चुनावी तालमेल गर्नुहुन्न भन्ने प्रवृत्ति घातक छ । 
सा“घु–कस्तो विचार बोकेका पार्टीहरूसंग एकता अभियान चलेको छ त ? 
कुमार पौडेल–गणतन्त्र, संघीयता, पहिचान, धर्मनिरपेक्षता, समाजवाद र कार्यकारी राष्ट्रपतिलाई स्वीकार्ने पार्टीहरूसंग एकता गर्नुको विकल्प अब छैन । हामीले ठूलो, असल वैकल्पिक पार्टी बनाउन खोजेका हौं । सानो चित्त बनाएर अन्तरक्रिया तथा गोष्ठी मात्र गरेर बस्ने पार्टी बनाउने हाम्रो सोच नै होइन । एजेण्डा मिल्नेसंग व्यापक एकता र ध्रुवीकरणको बाटोमा अघि बढेर मात्र हामीले लक्ष प्राप्त गर्न सक्छौं । पहिलो पार्टी बन्ने, राज्यसत्ता सम्हाल्ने र हाम्रा एजेण्डा कार्यान्वयन गर्ने कार्यभार पूरा गर्नका निम्ति एकताको विकल्प छैन, पार्टीका नाममा गफ मात्र जोतेर सत्तामा पुग्न सकिन्न । 
सा“घु– तपाई माओवादी केन्द्रीय सदस्य हु“दा उपेन्द्र क्षेत्रीय व्युरोमा थिए । यति जुनियरलाई अध्यक्ष स्वीकारेर जान सहज होला त ?
कुमार पौडेल–उपेन्द्र र अशोकजीले नेपालको लोकतान्त्रिक आन्दोलनमा शीर्ष भूमिका निर्वाह गर्दै आउनु भएको छ । कुनै कालखण्डमा कुनै समूह वा पक्षसंग जोडिनुले उहा“हरूको अवमूल्यन गर्न मिल्दैन । त्यसकारण पार्टी ध्रुवीकरणको निम्ति उहा“हरू अत्यन्तै महत्वपूर्ण ऐतिहासिक पात्रहरू हुनुहुन्छ । त्यसमा हामीले अन्यथा सोच्नु पर्दैन । 
सा“घु– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त बाबुरामको नामै लिएर पार्टी एकताका लागि आग्रह गर्नुभएको छ नि ? उहाँहरूसँग एकता गर्नुहुन्न ?
कुमार पौडेल–माओवादीसंग एकताको सम्भावना अहिलेलाई छैन । प्रचण्डजीहरू नया“ शक्तिका एजेण्डा स्वीकारेर र हामीलाई नेता मानेर आउनुहुन्छ भने हामी बिचार गर्न सक्छौं । तर यसका लागि पनि उहा“हरूले आफ्ना गलत आचरण, संस्कार र चिन्तनलाई छाडेर नया“ र असल बन्न तयार हुनुपर्छ । आफूमा यति परिवर्तन गर्न सक्नुभयो भने हामीलाई पार्टी एकता गर्न कुनै आपत्ती छैन ।