🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

विदुर, २३ माघ (रासस) : नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली सेनाको जबरजङ्ग गणले आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तारकेश्वर –४ स्थित बुधसिङमा आयोजित शिविरको उद्घाटन गर्दै गणका गणपति उदयबहादुर लामिछानेले सेनाले सधैँ नेपाली जनतामाझ सहयोगी मन र अपनत्वको भावना कायम राखी सहयोग गर्दै आइरहेको बताउँदै शिविरमा आफ्नो स्वास्थ्यबारे चिकित्सकलाई जाँच गराउन स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

  गाउँपालिकाका अध्यक्ष रमेश वस्ती र उपाध्यक्ष तारादेवी रिमालले वृद्धवृद्धा, अपाङ्गता र अशक्तहरु  साधारण उपचारकै लागि  लामो बाटो धाएर जिल्ला सदरमुकाम जान परिरहेका अवस्थामा घरआँगनमै निःशुल्क स्वास्थ्य शिविर आएकाले तारकेश्वरवासीलाई ठूलो राहत मिलेको बताउनुभयो ।

कार्यक्रममा  गाउँपालिका –४ का वडाध्यक्ष राममणि अधिकारीले स्वास्थ्य शिविरमा सबै स्थानीय बासिन्दालाई आफ्ना रोगका बारेमा चिकित्सकलाई नलजाई, नडराई भन्न आग्रह गर्नुभयो ।  शिविरमा आज ८० महिला र ५४  पुरुषले उपचार सेवा लिएको वडा सचिव चन्द्रनिधि घिमिरेले जानकारी दिनुभयो ।  उपचार लिनेमा  स्त्रीरोगका ३२  बिरामी थिए ।  शिविर शुक्रबारसम्म चल्ने जबरजङ्ग गणले जनाएको छ ।