🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न घुम्ने हो त फाइभ स्टार जेल

सबैको मान्यता के हो भने अपराधीले कडा भन्दा कडा सजाय पाउनुपर्छ । तर अस्ट्रियाको यस जेलले उल्टो अपराध गर्न सहयोग गर्छ भन्दा फरक पर्ने छैन । किनभने अस्ट्रियामा रहेको यो पाँच तारे जेलले अपराधीलाई अपराधको महसुस हुन दिँदैन । विश्वको एकमात्र पाँच तारे जेल जसको नाम ‘जस्टिन सेन्टर लियोबेन’ हो । यो जेल प्रसिद्ध आर्किटेक्ट जोसेफ होहेन्सिनले डिजाइन गरेका थिए । सन् २००५ मा अस्ट्रियाको पहाडी इलाका लियोबेनमा यसको शुरु गरिएको थियो जहाँ करीब २०५ कैदी राख्ने गरिन्छ ।

यस जेलमा कैदीलाई सबै प्रकारका सुविधा उपलब्ध गराइन्छ जस्तो कि कुनै पाँच तारे होटेलमा उपलब्ध हुन्छ । यस जेलमा स्पा, जीमलगायतका अन्य इन्डोर खेलहरुको सुविधा उपलब्ध छ । यहाँ १३ जना कैदी एकसाथ भेला हुन सक्छन् र आफ्नो सेल शेयर गर्न सक्छन् । यो जेल संसारको अन्य जेलभन्दा एकदमै फरक छ । यहाँ हरेक सेलमा व्यक्तिगत बाथरुम, किचन, टेलिभिजनलगायतका सुविधा र एक लिभिङ रुम पनि छ । हरेक कोठामा ठूला आकारका झ्यालहरु छन ।

जेलमा बगैंचाको पनि सुविधा छ जहाँ ताजा हावा लिन सकिन्छ । जेलको अघिल्लो भागमा अदालती काम कारवाही हुने गर्दछ जुन आम जनताको लागि खुला छ । जहाँबाट जेलको भित्री भाग आरामले देख्न सकिन्छ । जस्टिस सेन्टर लियोबेन जेल परिसरमा दुई शिलालेख छन् जहाँ अमेरिकी स्वतन्त्रताको घोषणापत्रबाट लिइएको छ । यसमा रहेको एक शिलालेखमा के लेखिएको छ भने ‘‘प्रत्येक व्यक्ति जो आफ्नो स्वतन्त्रताबाट बञ्चित छ, उसलाई मुलभूत गौरव र सम्मानका साथ मानवीय व्यवहार गर्नुपर्दछ ।’’