मित्र सबिन शाक्य,
धेरै दिन भयो, मनमा खुल्दुली लागिरहेको, तिमी कहा“ छौं, के गर्दैछौं भनेर । चलचित्र पत्रकारितामा छौं भनेर त थाहा थियो । चलचित्रको गीत तथा सम्वाद लेखनमा लाग्यौं भनेर पनि थाहा थियो । म बेग्लै क्षेत्रमा, तिमी बेग्लै क्षेत्रमा । बाटोमा कहिलेकाही“ भेट हुन्थ्यो, त्यत्ति । अन्तिम भेट भएको नि चार÷पा“च वर्ष भइसक्यो होला । पुराना साथीहरूलाई बेलाबेलामा सम्झन त सम्झन्छु । थाहा पाए“, तिमीले आत्महत्या गरेछौं, कोठामा । तिम्रो यो आत्महत्या मलाई पटक्कै निको लागेन र यो पत्र लेख्दैछु ।
तिमी ‘विश्वभूमि’ दैनिकमा कार्यरत थियौ, पछि म आइपुगें । जेठो, काममा बढी अनुभवी, जिम्मेवारी पनि मेरोभन्दा तिम्रो धेरै । काममा मेरो लगनशीलता देखेर तिमी छक्क पर्दथ्यौं, मलाई राम्रैसंग हेक्का थियो । मेरो लगनशीलता मेरो महत्वकांक्षासंग सम्बन्धित छ । तसर्थ म धेरै मिहिनेत गर्थें र तिम्रो काममा पनि सहायक नै हुन्थें । त्यो बेला मैले तिमीलाई नजिकबाट धैरै नियालें । तिमी पनि त्यस्तै मिहिनेती थियौ तर म जस्तो महत्वकांक्षा पालेर अगाडि बढिरहेका होइनौ भनेर उहिल्यै थम्याइसकेको थिए“ । मलाई लाग्छ, तिमीसंग कुनै स्पष्ट जीवनदर्शन पनि थिएन ।
हरेक घटना र परिस्थितिबाट प्रभावित हुनुभन्दा त्यसलाई जीवन दर्शनसंग ‘म्याच’ गरेर मात्रै स्वीकार्ने वा अस्वीकार्ने गर्नु पर्दछ । तर तिमी हिंड्ने यात्री भएनौ, हावासंगै उडिदिने पानीसंग बगिदिने गर्दथ्यौ । हामी बीचको यही फरकलाई तिम्रो यो आत्महत्यालाई जोडेर हेर्छु म । हामीसंगै काम गर्ने अर्को साथी अच्युतराज सापकोटाको बारेमा तिमीलाई थाहा नै छ, विरामी भई मृत्यु भएको । तर म त्यसलाई आत्महत्या नै भन्छु । ऊ कुनै बेलाको ‘ड्रग एडिक्ट’ थियो, पुनरस्थापना केन्द्रमा उपचार गराएर फर्केको । तर उसको बानी छुटेन । रक्सी खाएर कोठामा सुत्न त गयो, मैनबत्ती सिरकमा सल्केर उत्ति बेला नै झन्डै ज्यान गएको । यो घटनाको भोलिपल्ट कसम खुवाएको थिए“, आइन्दा रक्सी खान्न भनेर । कसम खायो र सजिल्यैसंग तोड्यो पनि । यही लतले उसको जीवन समाप्त भयो । त्यसरी जा“डरक्सी खानु मृत्युको मुखमा पुग्नु हो भनेर थाहा पाउदापाउ“दै नसम्हाल्नु पनि एक प्रकारको आत्महत्या नै हो । तिम्रो आत्महत्याको कुरा सुन्दासाथ मैले सम्झेको उसैलाई हो ।
महत्वकांक्षीहरू आत्महत्या गर्दैनन्, आफ्नो उद्देश्यपूर्तिका लागि जिउ“छन् । जीवनमा एउटा उद्देश्य त बोक्नैपर्छ । सजिल्यैसंग पाइने कुरा होइन, मनुष्य जीवन । हाम्रो जीवन दुईचार दिनको होइन, हजारौं–लाखौं–करोडौं वर्षको अनन्त चक्र हो जीवन । कर्मभोगअनुहार हामी त्यो चक्रमा घुम्दै गछौं । यस्तो चक्रमा घुम्नु के हो ? भगवान बुद्धले यसै चक्रलाई दुःख भन्नु भएको हो । यही चक्रबाट मुक्ति पाउन अर्थात् यही चक्रलाई तोड्न सिकाउने शिक्षा नै बौद्ध धर्म हो । यसका लागि पुण्य कमाउनु पर्छ । अनेक तवरले पुण्य कमाउ“दै र जीवन बुझ्दै बल्लबल्ल त्यस्तो भवचक्र तोड्ने हो । दुःखको मुहान नै सुकाउने हो । यसका लागि अनेकौं उपायले पुण्य संचय गर्न सकिन्छ र एउटा उपाय हो, अरुको प्राण हरण नगर्नु । अरु प्राणीको प्राण लिंदा पाप लाग्छ र पुण्य कमाउन सकिन्न । तर आत्महत्या त आफ्नै प्राण लिनु हो । प्राणीहत्या पाप हो भने आत्महत्या महापाप हो । पुण्य संचय गर्ने राम्रो अवसर मनुष्य योनिमा मात्रै हो तसर्थ मनुष्य योनि दुर्लभ छ । आत्महत्या गर्नु भनेकौ दुर्लभ मनुष्य योनिको हत्या गर्नु हो राम्रो अवसर गुमाउनु हो तसर्थ आत्महत्या गर्नु महापापी हुनु हो ।
मृत्यु नै अन्त्य हो र ? होइन । आत्महत्या नै समस्याको समाधान हो र ? होइन । यदि यस्तो हु“दो हो त आत्महत्या गर्ने साथी, तिमीलाई यो पत्र लेखेर बस्नुपर्ने आवश्यकता थिएन । अब तिमी अर्कै योनिमा जन्म लिन जान्छौं । कहा“ र के योनिमा जन्म लिन्छांै त्यो तिम्रो कर्ममा आधारित हुन्छ । कसैले चाह“दैमा वा नचाह“दैमा केही फरक पर्नेवाला छैन । कसैले केही गर्न पनि सक्दैन । मरेको र फेरि कतै जन्मलिन जाने बीचको समयलाई ‘अन्तराभव’ भनिन्छ, यो अन्तराभव कति लामो वा छोटो हुन्छ भन्न नसकेपनि सामान्यतः ४९ दिन हुनसक्ने बताइन्छ । यस अवधिमा तिमीले के कति दुःख पाउछौं भन्ने कुरा पनि तिम्रो कर्म र पुण्य संचयमा नै आधारित हुन्छ ।
तिमीले आत्महत्या त ग¥यौं, तर आफू मरिसकेको भनेर थाहा पाउ“दैनौ । तिमीले हामी साथीभाइहरूलाई देखिरहेका हुन्छौं तर साथीभाइले तिमीलाई देख्न सक्दैनन् । तिमी साथीभाइ तथा अन्य परिचितहरूलाई बोलाउछौं तर कसैले पनि प्रतिक्रिया दिंदैन, किनभने सबै अनभिज्ञ नै हुन्छन् । यो अवस्थामा तिम्रो अवस्था कस्तो होला ? कति तड्पिन्छौ होला ? कल्पना मात्र गर्दा पनि जिउ का“प्छ । अन्तराभवमा रहेकाहरूमध्ये कोही कोही त आरामसाथ पनि बस्न सक्छन् रे, तर यी सबै कुरा कर्मफलमा नै आधारित हुन्छन् । मनुष्य जीवनमा धेरै राम्रो राम्रो काम गरेर पुण्य कमाएकाहरू आफूले चाहेजस्तो योनिमा जान सक्छन् रे । देव योनिमा गएर सुखभोग पनि गर्न सक्छन् । ज्ञानीहरू अन्तराभवमा नै पनि चिन्तनमनन गर्दै जीवन बुझेर त्यही“बाट भवसागरबाट मुक्त हुनसक्छन् रे । अथवा, यी कुनै पनि योनिमा जन्म लिन जाने मन छैन, मनुष्य योनिमा नै जन्म लिएर फेरि राम्रो राम्रो काम गरेर पुण्य संचय गर्ने मनसाय राख्नेहरू पनि हुन्छन् रे ।
तिम्रो अवस्था के कस्तो हो थाहा पाउने ज्ञान मसंग छैन । तर यति त भन्न सक्छु, सामान्य मृत्यु भएको मान्छेको भन्दा राम्रो त हु“दैन । तिमीले कसको के बिगारेका छौं ? मेरो बिगार त केही पनि गरेका छैनौ । मैले तिमीबाट केही कुरा सिकेको छु । तिमीप्रति म कृतज्ञ छु । तिमीले अरुलाई पनि बिगारेको जस्तो लाग्दैन । तिमी मिलनसार पनि छौं । तिमीमा धैर्य गर्ने राम्रो खुबी देखेको छु तर त्यस्तरी धैर्य गर्नसक्नेले आज किन आत्महत्या ग¥यौ भनेर म छक्क परेको छु । आत्महत्या गरेर मरेको साथी सबिन, तिमीलाई मेरो अनुरोध छ, आगामी दिनहरूमा कुनै पनि खालको नराम्रो काम नगर्नु, पुण्य संचय गर्नु, भगवान बुद्धले देखाउनु भएको बाटोमा लागेर चा“डोभन्दा चा“डो दुःखबाट मुक्त हुनु । यस अवस्थामा यति नै भन्न सक्छु । –तिम्रो साथी, बसन्त महर्जन




