🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काँग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न ओलीको आग्रह

भक्तपुर, १ पुस :  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्  ।

रिपोर्टर्स क्लब नेपालले पुस १ गते  अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए ।

राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उनले गैरसंवैधानिक अध्यादेश पारित गर्न नहुने पनि बताए  ।

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको आरोप लगाए  ।

नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यक नरहेको प्रष्ट पार्दै उनले निर्वाचन आयोगले पनि कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिए  । अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै उनले जनमतअनुसार काँग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न पनि आग्रह गरेका छन् ।
 (रासस)