🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वाम गठबन्धनको अग्निपरीक्षा शुरु –नेता नेपाल

\\काठमाडौँ, ५ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

नेकपा एमाले कागेश्वर मनहरा नगरपालिका–७ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमा उक्त गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्नेमा जोड दिए ।

उनले वाम गठबन्धनको अब अग्निपरीक्षा शुरु भए पनि वामपन्थी नेतृत्वको सरकारले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयवासीलाई विश्वास दिलाएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउँदै अब देशमा दण्डहीनताको अन्त्य हुने र विधिको शासन कायम गरी रोजगार सिर्जना गर्ने विषयलाई प्राथमिकता दिइने बताए।

वाम गठबन्धनको सरकार गठन भएपछि देशमा संक्रमणकालीन समयको अन्त्य हुने र स्थानीय पूर्वाधार तथा विकास निर्माणले तीव्रता पाउनेमा पनि नेता नेपालले जोड दिए।