🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई निर्वाचित संरचनाले मात्रै कारवाही गर्न सक्छ 

\"\"

(केशवप्रसाद भट्टराई)

१. सवाल ओली वा नेकपाको होइन I

निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई तीन चार जनाको खल्तीको लिस्टबाट बनेको पार्टी संरचनाहरूले राख्ने -हटाउने निर्णय गर्नु उचित होइन भन्ने हो I
यही हो निरंकुशता भनेको !

निर्वाचित पदाधिकारी माथि अनिर्वाचित संरचनाको नियन्त्रण नै हो प्रतिगमन भनेको !

*****
२. यो मुलुकको प्रजातान्त्रिकरणको सवाल हो !

मुलुकको राजनीतिक स्थिरताको सवाल हो !

मुलुकको इतिहासमा किन कुनै निर्वाचित प्रधानमन्त्री संविधानले निर्धारण गरेको कार्यकालसम्म रहन नपाउने नियति भोग्न वाध्य बनाइन्छ भन्ने सवाल हो I
यो कुनै नीति वा विचारको को कुरा होइन !

नीति र विचारको कुरो भए यी दुई पार्टी एक हुन सम्भव नै थिएन I

पार्टी पद्धतिको कुरा गर्ने हो भने एउटा पार्टीमा समान हैसियतका दुई अध्यक्ष हुने व्यवस्था हुनै सक्दैन I

*****
३. सत्तारूढ दल भएको र त्यहाँको विवाद मुलुकको शान्ति, स्थिरता र एकतासँग जोडिने भएकोले त्यस पार्टी भित्रको विवाद त्यहाँ भित्रकाको निजी सवाल होइन
हरेक नागरिकको सवाल हो I

एक दुई व्यक्ति वा सानो समूहको निजी स्वार्थ र महत्वाकांक्षाको कारण मुलुक र प्रजातन्त्रलाई बन्धक बनाउन पाइन्न भन्ने हो I

निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई निर्वाचित संरचनाले मात्रै कारवाही गर्न वा हटाउन सक्दछ भन्ने हो I

यो प्रजातन्त्रको आधारभूत सवाल हो !

राष्ट्रको अहं सवाल हो I

*****
४. मुलुकका सवै जसो राजनीतिक दलहरू अनिर्वाचित छन् !

अप्रजातान्त्रिक तरिकाले चलेका छन् !

निर्वाचित व्यक्ति र पदाधिकारीहरूमाथि अनिर्वाचित वा पराजितहरूको अराजनीतिक र अराजक दवावबाट मुक्त रहने व्यवस्था नहुन्जेल यो मुलुकमा न प्रजातन्त्र सवल हुन्छ न राजनीतिक स्थिरता र समृद्धि सम्भव हुन्छ I

*****

५ .यही हो मुलुकको रोग !

र कोरोना महामारी भन्दा पनि खतरनाक छ यो रोग !

कोरोना महामारीबाट अबको एकाध महिनामा मुक्ति पाइएला !

यी अनिर्वाचित र स्वघोषितहरूले मुलुकको राज्य व्यवस्थालाई दोहन गर्ने, गरीने रहने महामारीबाट मुलुकलाई कतिञ्जेल बन्धक बन्न दिइरहने हो ?

(फेसबुकबाट)