हिजो फागुन २५ गते शुक्रबार भएका दुइटा घटनाले सबैको ध्यानाकर्षण गरायो। राष्ट्र स्तब्ध भयो।
(१) एउटा घटना कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-५ देउकलिया गाउँ मा भएको हो। त्यहींको स्थानीय उच्च माबिमा ११ कक्षामा अध्ययनरत छात्रा, किसान जोखन चौधरीकी १८ वर्षीया छोरी राधालाइ बोक्सीको आरोप लगाएर बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म लगातार निर्घात चुटियो। चुट्नेहरुमध्ये प्रमुख अभियुक्त रामबहादुर चौधरीलाइ प्रहरीले पक्डेर स्थानीय सुख्खड प्रहरी चौकीमा लगेका मात्र थिए, घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी र वडाध्यक्ष प्रेम रोकाय तत्काल पुगिहाले। किशोरीलाइ निर्घात् चुट्ने अभियुक्तहरुको पैरवी गरे र आफ्नै रोहबरमा छुटाएर लगे। मेयरमा टिकट पाउनुअघिसम्म ममताप्रसाद चौधरी त्यही उच्च माबिमा शिक्षक थिए।
(२) अर्को घटना काठमाडौंको हो। आपूर्ति विभागले केही समय यता आएर उपभोक्तालाइ ठग्ने र जनताको शोषण गर्ने ब्यापारीहरु, ठूला भनिएका बिद्यालयहरु, आफूलाइ पाँचतारे दाबी गर्ने अस्पतालहरु, सवारीसाधनका विक्रिकेन्द्रहरुमा अनुगमन गर्नथालेको थियो। अनुगमन गर्नथालेको मात्र हैन तिब्र गतिमा साँच्चैको अनुगमन गरिरहेको थियो। ती ब्यापारीहरु उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवकहाँ पुगे। मातृका यादवसँग सबै कुरा मिलाए। सबै कुरा मिलेपछि मातृका यादवले ठाडो आदेश गरे, “अनुगमन नगर्नु; अहिल्यै रोक्नु।”
हामी नेपाली जनता अहिले सोचिहेछौं, “अपराधीहरुकै पक्षमा उभिनको लागि त यो वामगठबन्धनकै सरकार किन चाहियो ? हाम्रा शेरबहादुर देउवा नै काफी थिएन र ?”
– Ananda R Paudel, Hetaunda.




