🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सडक पाइलटसँग अन्तरग–विदेशमा पैसा फल्दैन क्यारे ! किन जाने ? : दीपक थापा

(काम गर्न सबैलाई गाह्रो हुन्छ  । तर त्यो काम नियमित भयो भने त्यसलाई माया पनि गरिन्छ । किनकि मानिसकको जिन्दगीमा कामले धेरै ठूलो महत्व राख्छ । काम नगरी कोही बस्न सक्दैन । आफ्नो कामलाई पूजा नै ठान्नेमध्येमा पर्छन् रामेछापका २७ वर्षीय दीपक थापा । ५ वर्षदेखि निरन्तर ट्याक्सी चलाउँदै हाल भक्तपुर बस्दै आएका थापा बा १ ज ५६१८ नम्बरको ट्याक्सीका स्वरोजगार हुन् । उनले ट्याक्सी चलाउँदा थुप्रै आरोहअवरोह देखे । कहिले सित्तैमा सहयोग गरे । कहिले धन्यै कुटाइ खाए । कहिले लुटिए पनि । आखिर यही नै रहेछ जिन्दगी । अरु थप के के भयो त ? सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिले गरेको कुराकानीको यो मुख्य अंश –सम्पादक)

कहिलेदेखि थाल्नुभयो नि गाडी चलाउन ? 
–पाँच वर्षदेखि चलाइरहेको छु । 

कसरी आउनु भयो नि यो लाइनमा ? 
–साथीभाइको संगतले । 

साथीभाइको संगतले कसरी नि ? 
–११ कक्षामा पढ्दै थिएँ । पढ्दापढ्दै छाडियो । अनि साथीहरूको संगतले ट्याक्सी किनेर चलाउन थालियो । 

भनेपछि खलासी वा कन्डक्टर बनेर दुःख गरिएन ? 
–त्यस्तो दुःख गरिएन । सीधै ट्याक्सी किनियो । अनि चलाइयो । 

कस्तो रहेछ त ड्राइभरको जिन्दगी ? 
–ड्राइभरको जिन्दगी चाहिं खासै राम्रो लागेन । यात्रुको स्वभाव र शैली पनि राम्रो लागेन । उनीहरू ड्राइभरसंग राम्ररी बोल्दैनन् । यात्रुहरूको बोलाउने शैली र ब्यवहार पनि ठीक छैन । यात्रुले दुब्र्यबहार पनि गर्ने गर्छन् । 

कुनै घटना भएको छ र ? 
–थुप्रै घटनामा म पनि परेको छु । साथीभाइ पनि परेका छन् । लुटिएको छु । लुटिएका छन् । कुटाइ पनि खाएका छन् । 

तपाईलाई चाहिं खास के भएको थियो र ? 
–चार वर्ष अगाडिको कुरा हो मलाई लुटियो । मैले आफूसंग भएका सामान दिएर पठाएँ । मोबाइल र दुई हजार जति रुपैयाँ थियो । लुटेर लगे । प्रहरीलाई खबर पनि गरें । तर केही पत्तो लागेन । 

कतिबेला समयमा ट्याक्सी चलाउनु भएको थियो र ? 
–रातिको समयमा चलाएको थिएँ । रातिमा अलि बढी खतरा नै हुन्छ । हालैदेखिमात्र रातिमा चलाउन छाडें । त्यसअघि दिनभरि सुत्ने र रातभरि गाडी चलाउने गर्दथेेंं । 

यो लाइनका मान्छे कस्ता कस्ता मानिसहरू संलग्न छन् त ? 
–सबै एकैखाले हुन्नन् । कम पढेका पनि छन् । त्यसैले बोलिचालीको भाषा पनि त्यतिराम्रो नहोला । पहिले पहिले त केही काम नपाए ड्राइभर बन्नेहरू पनि थिए । अहिले बेरोजगार बढेर होला पढेलेखेका पनि यो लाइनमा छन् । 

समस्या के के छ नि ट्याक्सी ड्राइभरहरूका ? 
–राजधानीमा ट्याक्सीको अनुपातमा ट्याक्सी स्ट्यान्ड नै छैन । हामीले यात्रु कुरेर बस्न पाउँदैनौं । यो हाम्रा लागि दुर्भाग्य हो । ट्राफिक प्रहरीले पनि हामीलाई  नै लखेटिरहेको हुन्छ । कार्वाही भने गल्ती अनुसारमात्र गर्छ । ट्राफिक प्रहरीको जवरजस्ती छैन ।

ट्याक्सीले मिटर बिलिङ राख्नु राम्रो कि गलत ?
–ट्याक्सीले मिटर बिलिङ राख्नु राम्रो हो नि । यात्रुको सामग्री छुट्यो भने उनीहरू त्यही बिलअनुसार सम्पर्क गर्छन् । हामीलाई पनि यात्रुले छाडेको सामान पु¥याउन सजिलो हुन्छ । नेपाल सरकारको बिलिङ्ग राख्ने कदम राम्रो छ । 

ट्याक्सीले मिटर बिलिङ सिस्टम महड्डो छ भन्छन् नि ? 
–महङ्गो छैन । केही ठगहरूले ठग्न पाइँदैन भनेर चलाएको हल्ला मात्र हो । ट्याक्सी चालक र यात्रुका लागि यो राम्रो हुन्छ । 

ट्याक्सी ड्राइभर किन बदनाम छन् ? 
–कोही एक जना बद्मास भयो भन्दैमा सबै त्यस्ता हुन्नन् । कसैले बिलमा ठगे भन्दैमा सबै त्यस्ता हुन्नन् । कतिपय यात्रुले त हामीलाई सेवा राम्रो ग¥यो भनेर थप पैसा पनि दिने गरेका छन् । हामीले पनि गाउँबाट आएका मानिसहरू पैसा नभएर गन्तब्यमा पुग्न पाएका हुँदैनन् त्यस्तालाई निःशुल्कै पु¥याउने गरेका छौं ।

कति सन्तान छन् नि ? 
–एक जना छोरी छिन् तीन वर्षकी ।

छोरा चाहिने होला नि ? 
–छोरा चाहिंदैन । एकजना छोरी नै काफी छ । 

भोलि के गर्ने सोच छ नि ? 
–भोलि पनि यही ट्याक्सी नै चलाउने हो । अब जानेकै यही छ । 

गाडी त पुरानो हुन लागेछ नि ? 
–हो,  १७ वर्ष भयो । अब तीन वर्ष चलाउन बाँकी छ । 

गाडीमा २० वर्षे नियम लगाउनु कस्तो हो नि ? 
–यो पनि राम्रो हो । लगाउनु पर्छ । २० वर्षसम्म चलाउँदा त इन्जिन पनि काम नलाग्ने हुँदै जान्छ । सुरक्षाको दृष्टिले पनि यो महत्वपूर्ण छ । 

तीन वर्षपछि के गर्ने ? 
–तीन वर्षसम्म यही ट्याक्सी चलाउँछु । अनि फेरि अर्को किन्छु । 

कमाइ कस्तो छ त ? 
–पहिलेजस्तो राम्रो छैन । ट्याक्सी  र अन्य सार्वजनिक गाडी बढे । त्यसमाथि ग्राहक पुरानोभन्दा नयाँ ट्याक्सीमै चढ्न खोज्छन् । 

विदेश जाने सोच पनि छ कि  ? 
–विदेश जाने सोच  छैन । विदेशमा गएर कमाउने आम्दानी त मिहेनत गरे यतै कमाउन सकिन्छ । विदेशमा पैसा फल्दैन क्यारे ।