🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रेड युनियनमा बिचलन

डा भीमदेव भट्टले टे«ड युनियन खारेज गर्नुपर्ने कुरा उठाएपछि यसबारेमा तीव्र बहस हुन थालेको छ । निजामती कर्मचारीलाई त झन् ट्रेड युनियन खोल्नै दिनु नहुने बहस यसअघि विभिन्न कोणबाट उठिरहेको छ । निजामती सेवामा प्रवेश गर्ने कर्मचारीले सरकारले खटाएको र लगाएको काम गर्ने हो । तर नेपालमात्र त्यस्तो देश होला जहाँ निजामती सेवामा राजनीति गर्न छुट छ । निजामती सेवामा टे«ड युनियनको दादागिरी चल्ने गरेको छ । मुख्यसचिवदेखि सचिवसम्म ट्रेड युनियनका नेताका अगाडि नतमस्तक हुने गरेका छन् ।

टे«ड युनियनका नेताहरूले आफू र आफ्ना समर्थक कर्मचारीलाई मन्त्री, सचिव र सहसचिवहरूलाई थर्काएर घुस खाने अड््डाहरूमा सरुवा गर्न दबाब दिने गरेका छन् । मालपोत, बैदेशिक रोजगार विभाग, यातायात कार्यालयहरू, कम्पनी रजिष्टार कार्यालय, उद्योग विभागहरूमा सरुवा गर्न दबाब दिने गरेका छन् ।

जुन पार्टीको सरकार छ, त्यो पार्टी निकट टे«ड युनियन नेताहरूले अधिकृत, नायबसुब्बा, खरिदार मात्र होइन, माथिल्लो तहका उपसचिव र सहसचिवको सरुवा गर्ने हैसियत बनाएका छन् । टे«ेड युनियनका नेताहरू घुस लिएर आकर्षक कार्यालयमा घुूस्याहा कार्यालयमा कर्मचारी सरुवा गर्ने बीचौलिया भएका छन् । टे«ेड युनियनका नेताहरूमध्ये कतिपयको विदेशमा डलरमा बैंकखातासमेत रहेको छ । उनीहरू महिनैपिच्छे विदेश भ्रमणमा गएका फोटाहरू सामाजिक संजालमा पोष्ट गर्दछन् । सुनैसुनले पुरिएका श्रीमतीका फोटाहरू समेत उनीहरू निर्धक्क पोष्ट गर्दछन् ।

 एमाले निकट निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा र नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघका अध्यक्ष सुबोधकुमार देवकोटाले टे«ड युनियनलाई टेण्डर युनियन बनाएका छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष समेत रहेका पुण्यप्रसाद ढकाल, संगठनका अध्यक्ष केदार देवकोटा र उपाध्यक्ष लेखनाथ कोइराला राष्ट्रिय बीउबिजन कम्पनीको कार्यकारी निर्देशकमा सुरेश अधिकारीलाई नियुक्ति गराउन कृषि विकास मन्त्रालयका सचिव सुरोज पोखरेलकोमा धाइरहेका छन् । शिव अधिकारीलाई बीउबिजन कम्पनीका ९९ प्रतिशत कर्मचारीले मन नपराएकाले उनलाई शेरबहादुर देउवा सरकारका कृषि मन्त्री रामकृष्ण यादवले चर्को दबाब दिंदा पनि सचिव पोखरेलले नियुक्ति गर्न अस्वीकार गर्दैआएका छन् ।

चुनावमा पराजीत भएपछि मन्त्री यादवले अधिकारीबाट भेटी लिएर नियुक्तिका लागि दबाब दिइरहेका छन् । तर बीउबिजन कम्पनीलाई टाट उल्टाएर ब्यक्तिगत रुपमा मोटाएका शिव अधिकारीलाई नियुक्ति गर्ने पक्षमा सचिव छैनन् । तर शिव अधिकारीले निजामती संगठनका अध्यक्ष देवकोटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल र उपाध्यक्ष लेखानाथलाई लिएर केही दिनअघि सचिवकोमा पुगेका थिए । उनीहरूले देउवा सरकारका मन्त्री यादवको प्रस्तावमा शिव अधिकारीको नियुक्ति गरिदिन सचिव पोखरेललाई सल्लाह दिएका थिए ।

उनले लोकन्थलीमा घर निर्माण गरिरहेका केदार देवकोटाले शिव अधिकारीबाट लाभ लिएर उनलाई बोकेर गएका हुन् । त्यसो त संगठनका अध्यक्ष देवकोटा पदले नासु हुन् । तर हैसियत उनको मुख्यसचिवको भन्दा पनि आकासिदो छ । नासुको तलव मुस्किलले २० हजार होला तर उनले छोराछोरी डाक्टर पढाइरहेका छन् । लोकन्थलीमा घर घर निर्माण तीव्र गतिले भइरहेको छ ।

अध्यक्ष भएको १ बषको अबधिमा उनको आर्थिक हैसियत दिन दुईगुना रात चौगुनाले बढेको छ । उनले घुस्याहा अड्डादेखि विभिन्न काम परेर आउने कर्मचारीसँग घर अलपत्र पर्ने भो भन्दै पैसा माग्ने गरेका छन् । निजामती संगठनको अध्यक्ष पद केदार देवकोटाको कमाइ खाने भाँडो भएको छ । 

त्यस्तै, युनियन संघको अध्यक्ष र आधिकारिक ट्रेड युनियनको महासचिव पद ओगटेका सुबोधकुमार देवकोटा भौतिक मन्त्रालयका प्राविधिक सहसचिव र उपसचिवहरू कसलाई कुन आयोजनामा सरुवा गर्ने भन्ने हैसियत राख्नसक्छन् । उनी निजामती सेवा ऐन विपरीत गल्छी–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख हुन् । यसअघि शहीदमार्ग आयोजना रोल्पाका प्रमुख थिए । निजामती सेवा ऐनमा ट्रेड युनियन पदाधिकारी कार्यालय प्रमुख हुन नपाउने ब्यवस्था छ ।

तर टे«ड युनियनका पदाधिकारीलाई ऐन नियमले छुँदैन भन्ने दृष्टान्त हुन् सुबोध देवकोटा । उनी करका चुडामणि शर्मा जस्तै सडकका कुनै निकायले छुन नसक्ने कर्मचारी नेता हुन् । उनी पनि चुडामणि जस्तै सडकमा जे चाह्यो, जसलाई सरुवा गर्ने हो गर्नसक्ने हैसियत राख्दछन् । उनले सडकका महानिर्देशक गोपालप्रसाद सिग्देल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीदेखि आरजु राणासम्म पहूँच राखेर सडकको राज चलाउने गरेका छन् ।

सडकका आयोजना प्रमुखहरू महानिर्देशक, सचिवलाई भन्दा सिधै सुबोध देवकोटाको चाकरी गर्दै थमौती र सरुवा हुने गर्दछन् । सडकका कतिपय अधिकारीहरू सुबोध देवकोटाको रजगजका अगाडि निरीह देखिन्छन् । डेढ बर्षदेखि सडकमा कांग्रेसका मन्त्री छन्, तर ती मन्त्रीभन्दा सडकका सरुवा र ठेक्कापट्टामा सुबोध देवकोटाको हैकम चल्ने गर्दछ ।

२४ घ १ बाट डीई बढुवा भएका सुबोध देवकोटा, केदार देवकोटा, पुण्य ढकाल कोही पनि सरकारले दिएको टे«ड युनियन काजको सुविधा उपयोग गर्दैनन् । ट्रेड युनियन काजको सुविधा प्रयोग गरे कार्यरत कार्यालयबाट घुसको भागबण्डा नआउने भएकाले पनि उनीहरू ट्रेड युनियन काजको सुविधा उपयोग नगरी बसेका छन् । यी टे«ड युनियन नेताको आकाशिंदो आर्थिक हैसियतका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण नहुनु अर्को दुर्भाग्यको बिषय हो ।            

                                                                                                               –सम्राट उपाध्याय