काठमाडौं, फागुन ५ \\ नेपाली राजनीतिले नयाँ मोड लिईसक्यो। गतिमा जान खोज्दै छ। तर, एउटा अर्कै बिषयचाहीं ‘हट केक इस्यू’ बनेर चर्चाको केन्द्रमा छ।
हिजो शुक्रबार डा.राजेश अहिराजले यो स्टाटस लेखेर फेसबुकमा पोष्ट गरेका थिए –
“नरमाया ढकालबाट रु २ करोड , नेत्र बिक्रम शाहबाट रु. ४० लाख र अञु कुमारीबाट रु ७० लाख को लेन देन भएको कुरा सुन्दै छु। राजपा ले बास्तबिकता बाहिर ल्याए हुन्थ्यो। यिनीहरुलाइ किन र कसरि सभासद बनाइयो ? यदि पैसा आको हो भने कस्ले खायो ? ”
(स्टाटससँगै डा.राजेश अहिराजले फोटो, सायद नरमाया ढकालको फोटो, पनि राख्नुभएको छ। फोटो हेर्दा युवती हिस्सी परेकी र बान्की मिलेकी सुन्दरी छिन्।)
डा.राजेश अहिराजको उपरोक्त स्टाटसमाथि धेरैले कमेण्ट लेख्नुभएको छ। केही कमेण्ट यहाँ छन्।
Kamal Xetree: यसरी पोल नखोल्दिनु त डाक्टर साब
Ram Ashish Mandal: पैसा लिएर सांसद बनाउने मधेसवादी दलको लागि नौलो कुरा होइन । नौलो त मधेसीहरुको लागि नेताहरूको चरित्र तीन-तीन चुनाव सम्म पनि बुझ्न नसक्ने कुरा हो…..
Shiv Kumar Saday: राजपा मा आफन्तवाद त छँदैथियो । फेरि अर्को नि थपियो -मोडेलवाद । बुढाहरुले त हदैसम्म गर्दारहेछन्। साला, ‘जिस कि लाठि उस कि भैस’ करो भाइ ।
(जे होस्, जनता धेरै चनाखो भएछन्; यसैमा खुशी छौं।)
-Ananda R Paudel




