🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेन्सनमा सोह्र वर्षमै जान पाऊँ हजुर 

नेपाली सेनाले अहिले २० वर्षे सेवा अवधि कायम गर्ने निर्णय गर्दा हामी सकल दर्जाका सेनाका जवानहरू साह्रै मर्कामा परेका छौं । यसका कारण हामी सेनाका जवान पीडित हुने अवस्था समेत सिर्जना भएको छ । एकातिर २० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने कुरा हामी सुन्छौं भने अर्कोतिर संगठनमा नयाँ, ऊर्जाशील र क्षमतावान् जवानहरूको भर्ती हुने बाटो समेत अवरुद्ध भएको छ ।

यसभन्दा पहिले कायम रहेको १६ वर्षे सेवा अवधिलाई नै निरन्तरता दिएको भए कमै उमेरमै नेपाली सेनामा प्रवेश गरेको जवान कम्तीमा ३५–३६ वर्षमा अवकाश पाउन अवस्था रहेको थियो । यसले गर्दा त्यसरी अवकाश पाएका सैनिकलाई अन्य वैकल्पिक पेसा–व्यवसाय र काम गरेर आफ्नो छोराछोरी पढाउन र घरको आर्थिक जोहो गर्न सहज हुन्थ्यो । तर अहिले निर्णय भएको २० वर्षे सेवा अवधिका कारण लामोे समय सेनामा रही अवकाश पाउँदा वैकल्पिक पेसा–व्यवसाय गर्न र अन्य आर्थिक स्रोत जुटाउन हम्मे पर्ने देखिएको छ ।

तसर्थ सेवा अवधि २० वर्ष होइन, १६ वर्ष नै कायम गर्दा राज्यलाई पनि पेन्सनको भार धेरै नपर्ने र अवकाश पाउने सैनिक जवानले पनि उमेर छँदै अवकाश पाएर वैकल्पिक पेसा अँगाली छोराछोरी पढाउन र रोजीरोटीको वैकल्पिक बाटो अपनाउन पनि सजिलो हुन्थ्यो । त्यसतर्फ सैनिक नेतृत्वले ध्यान दिने हो कि ?               –२० वर्षे सेवा अवधिबाट प्रभावित नेपाली सेनाका जवानहरू