काठमाडौं । लामो समयदेखि विवादित चीन–भारत सीमा लद्दाखमा हिजो सोमबार दुई मुलुकका सेनाबीच झडप हुँदा भारतीय एक सैनिक अधिकृत र दुई सैनिक जवानको मृत्यु भएको छ । यससँगै दुई महाशक्ति राष्ट्रबीच फेरि तनाव सिर्जना भएको छ । दुई मुलुकका उच्च सैनिक अधिकारीहरु यस विषयमा छलफल गर्न वार्तामा बसेका छन् ।
खबरका अनुसार, यो झडपमा कुनै हतियार प्रयोग नभई ढुंगा हानाहान भएको थियो । गत महिना पनि यस क्षेत्रमा यस्तै सामान्य झडप भएको थियो ।
यसरी चीन–भारत सीमामा वर्षौंपछि सेनाको मत्यु भएको हो ।
यसबारेमा भारतीय सेना खासै खुलेर नबोलेपनि दुवै सेनातर्फ क्षति भएको दाबी गरेको छ । चीनले भने यसबारेमा आधिकारिक रुपमा केही विवरण सार्वजनिक गरेको छैन् ।




