काठमाडौं ३ असार, । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान उपत्यका क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तीमा २० मारिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । १५ र १६ जुनमा भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विविसीका अनुसार भारतीय न्युज एजेन्सी एएनआईले लद्दाखको गलवान एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडपमा सुरुमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो ।
लद्दाखको गलवान एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका शारीरिक भिडन्त भए पनि यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको भारतीय सञ्चार माध्यमले बताएपनि यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।
सेना क्षेत्रमा विवाद बढ्दै गएपछि भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच शारीरिक भिडन्त(कुस्ती) भएको थियो ।
यस क्षेत्रमा कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । जुन १५ र १६ गते भएको झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएको र शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा भएकोले १७ सैनिकको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।
भारतीय सेनाले देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध रहेको बताएको छ । भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न ईच्छुक हुनाको साथै वार्ता गर्न लागेको पनि जानकारी दिएको खवर प्रकाशन गरिएको छ ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । यद्यपि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको पनि थियो ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे तापनि गोली नचलेको लामो समय भइसकेको छ । दुई सातामै दुई देशको सेनाबीच हताहती भई भारतीय सेनातर्फ २० जनाको ज्यान गएको विविसीले समाचारमा उल्लेख गरेको छ ।



