काठमाडौ, २ असार । पत्रकारका समस्यालाई लिएर नेपाल पत्रकार महासंघ सातदिनपछि चरणवद्ध आन्दाेलनमा जाने भएकाे छ । २०७७ असार २ गते केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले साे निर्णय गरेकाे हाे ।
महासचिव रमेश विष्टले बैठकपछि जारी गरेकाे विज्ञप्तिमा पत्रकारका समस्या सल्टाउन सञ्चारगृहलाई एकहप्ते अल्टिमेटम दिइएकाे छ । 'एकहप्ताभित्र ठूला सञ्चारगृहका व्यवस्थापन पक्षले पत्रकारका समस्या हल गरेर त्यसकाे जानकारी महासंघलाई नदिए हामी चरणवद्ध आन्दाेलनमा जान्छाैं,' बैठककाे निर्णयबारे जानकारी दिंदै एक केन्द्रीय सदस्यले भने ।
ती केन्द्रीय सदस्यका अनुसार अहिले महासंघमा कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नागरिक, नयाँ पत्रिका, उज्यालाे एफएम, राजधानी दैनिक, माउण्टेन टिभी, नेपाल आजलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकार/कर्माचारीहरुले महासंघमा पेशाकाे रक्षाका लागि निवेदन दिएका छन् ।
असार २ गते मंगलबारकाे बैठकले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा हार्दिह आग्रह गरेकाे छ।




