🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न्यायाधीश बन्न चाहनेहरू काे कति पानीमा ? अनि काे को हतारिँदैछन् ?

काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवादका कारण न्यायाधीश नियुक्ति प्रकरण ओझेलमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्तदेखि सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा नियुक्तिका लागि कसरत सुरु भएको छ । यही बेला सत्तारुढ दलमा विवाद देखिएपछि न्यायाधीश नियुक्ति ओझेलमा परेको हो । 

सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि पूर्वमाओवादीको कोटाबाट  दीनमणि पोखरेल, रमणकुमार श्रेष्ठ र पदम बैदिक  को नाम चर्चामा छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल रमणकुमार श्रेष्ठलाई नै सर्वोच्चमा पठाउन चाहन्छन् ।  तर श्रेष्ठले भने आफू न्यायाधीश नहुने प्रष्ट पारिसकेका छन् । उनले आफ्नो कोटाबाट रमेश मैनालीको नाम सिफारिस गरेको स्रोत बताउछ । रमणपछि प्रचण्ड चरम विवादमा परेका बैदिकको पक्षमै रहेको बताइन्छ ।

बैदिकले न्यायाधीश नियुक्ति हुने सर्तमै न्यायपरिषदको सदस्यबाट राजीनामा दिएकाले पनि उनले दावी छाडेका छैनन् । तर, न्यायपरिषद सदस्यबाट राजीनामा दिएकालाई न्यायाधीश नियुक्ति गरी गलत परम्परा नबसाल्न नेपाल बार एशोसिएसनले अनुरोध गरेपछि न्यायपरिषद ब्याक भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सार्वजनिक रुपमै बैदिकलाई सिफारिस  नगर्ने बताएका छन् । 

न्यायाधीश नियुक्ति हुनका लागि लागि पूर्वएमालेको कोटाबाट अधिवक्ता टीकाराम भट्टराई, नेपाल बार काउन्सिलका सदस्य महेश नेपाल, बार एशोसिएसनको महासचिवमा अन्तर्घातको शिकार भई पराजीत भएका सुरेन्द्र थापा, बीबी राई, तत्कालीन पीपीएलएको महसचिव ईश्वरी भट्टराई, बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलहरुको पनि चर्चा छ । टीकाराम भट्टराईको पक्षमा पर्यटन मन्त्री योगेश भट्टराईले लबिङ गरिरहेको चर्चा छ  ।

सुरेन्द्र थापा र बीबी राईको लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको जोडबल रहेको स्रोत बताउछ । रुद्र पोखरेल प्रधानमन्त्री केपी शर्माओलीको जिल्लाका सबैले पाउँदा आफूले पनि अवसर पाउनु पर्ने दावी गर्दैछन् ।

ईश्वरी भट्टराई आफूले नपाए श्रीमती बिष्णु भूसाललाई उच्च अदालतको न्यायाधीश बनाउनुपर्ने पक्षमा रहेको बारका एक सदस्यले बताए ।

नेपाल बारको शेरबहादुर केसीको कार्यसमितिमा  भूसाल सदस्य थिइन् । ईश्वरी भट्टराई नेकपाका महासचिव बिष्णु पौडेलमार्फत् नियुक्तिको लबिङमा रहेको चर्चा छ । 

सर्वोच्च अदालतको न्यायाधीशमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि आफ्नो कोटा खोजिरहेका छन् । उनले आफूलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिताका औधि गुण लगाएका जयनारायण पौडेललाई ल्याउने चर्चा छ ।

राणालाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दाताका न्यायपरिषदका सदस्य खेमनारायण ढुंगानाका आफन्त हुन् पौडेल । राणाले आफूलाई सर्वोच्चमा ल्याउने सबैको गुन तिरिसकेका छन् । पालो ढुंगानाकै बाँकी रहेको छ ।
(२०७७ असार २२ गतेकाे साँघु साप्ताहिक)