🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न्यायालयमा नैतिक संकट आइसक्यो

(श्रीमतीका हत्यारा सशस्त्र प्रहरी बलको पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले ‘चित्त’को आधारमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि गम्भीर प्रश्न खडा भएको छ । सर्वश्वसहित २० वर्ष कैद सजाय पाएका कोइरालालाई बच्चाबच्चीको लालनपालनमा समस्या हुने भनेर सामान्य तर्क राखेर जेलमुक्त गरेपछि ज।ब।रा।लाई महाअभियोग लगाउनसमेत सडकबाट  आवाज घन्कियो । तर अदालतको गरिमालाई कायम राख्दै ज।ब।रा।ले राजीनामा दिनु नै उपयुक्त हुने तर्क पनि गरियो । अन्ततः उक्त मुद्दामा सर्वोच्चमा पुनरावलोकन हुने भएपछि यसले अर्कै मोड लिएको पनि बताइन्छ । यो घटनाले अदालतको गरिमालाई कहाँ पु¥याउला रु यही सेरोफेरोमा आधारित रहेर पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसंग कुराकानी गरेका छौं–सम्पादक)

० प्रधानन्यायाधीश ज.ब.रा.ले श्रीमती हत्यारा रञ्जन कोइरालाको कैद मिनाहा गरिनुलाई के कसरी हेर्नु भएको छ ?

–मुद्दामा रिहाई गर्नु, प्रमाणको विवेचना गर्नु, प्रमाणका आधारमा फैसला गर्नु अदालतको काम हो । संघीन अपराधमा त्यो पनि सुरक्षाकर्मी हामी भन्छौं नि आपद प¥यो भने ओहो प्रहरी आएपछि मेरो जीवन बाँच्छ भने झैं त्यस्तो अवस्थामा भएको घटना दर्दनाक घटना हो । सबैजनाले यसको बारेमा चासो राखेका छन् । खासगरी प्रधानन्यायाधीशले मुद्दाकै बारेमा मिसिलकै बारेमा पल्ट्याएर यो गर्नु र त्यो गर्नु भन्न त मिल्दैन । निश्चय पनि ज।ब।रा।का विगतका क्रियाकलापले उहाँ स्पष्ट रुपमा एउटा न्यायिक विचलनमा परेको व्यक्ति हो । 

० कसरी न्यायिक विचलनमा भनेर आरोप लगाउँदै हुनुहुन्छ  ?

–संसारमा कुनै पनि न्यायाधीशलाई न्यायिक टिप्पणी कुनै फैसलाबाट भयो भने त्यो न्यायिक टिप्पणी भएको व्यक्ति प्रधानन्यायाधीश भएको सायद संसारमा होला । उहाँ न्यायिक टिप्पणी ९तिम्रा फैसलाहरू उपयुक्त छैनन् भनेर० भएर राजीनामा गर्नेसम्मको अवस्था आइसकेपछि संगैको एकजना भुपध्वज अधिकारी रिटायर्ड हुनुभयो । कोमलनाथ शर्माले राजीनामा दिएर जानुभयो । त्यो बेलाको न्यायिक टिप्पणी गर्ने न्यायाधीशहरूसित अहिलेको गठबन्धनबाट उहाँले कुर्सी जोगाएर यो ठाउँमा आउनु भएको हो । त्यस्तै सर्वोच्च अदालतमा मेरो कार्यकालमा उहाँले कस्तो कस्तो साजिस गर्नुभयो । कसरी अदालतलाई हड्ताल गराउनु भयो । 

० उहाँले त राम्रो काम गर्नुभएको भनेर प्रशंसा हुन्छ त न्यायिक क्षेत्रमा  ?

–(हाँस्दै) । त्यस्तो केही ऐतिहासिक काम गरेजस्तो त लाग्दैन । केही सुधारेको देख्दिन । न्यायालय भनेको पद्धति, प्रणाली र नजिरहरूबाट चल्ने विषय हो । सिडियो जस्तो हो र न्यायाधीश भनेको रु उहाँलाई यत्रो दोष लागेको छ । कृुनै न्यायाधीशलाई हप्काउनु भएको छ । कसैलाई राजीनामा गर्न लगाउनु भएको छ । कसैको जागिर खाइदिनुभा’छ । अनि अदालतमा विचाराधीन मुद्दा छ त्यसको न्यायाधीशले यस्तो ग¥यो भनेर कुनै साजिसपूर्ण मिडियाले भन्दियो भने त्यसलाई सरुवा गर्दिने, अन्त पठाइदिने । अनि त्यो न्यायाधीशले कसरी काम गर्छ रु त्यसकारण उहाँले कुनै पनि न्यायिक आचरण, न्यायिक इन्साफ गर्दाखेरी विधि, पद्धति र प्रक्रियालाई अपनाउनु भएको छैन । 

० अपवादमा यस्ता मुद्दा त हुन्छन् नि हैन र ?

–मुद्दाको भित्रको प्रवेश हैन कि कस्तो पात्रत्वलाई तपाईले प्रधानन्यायाधीश बनाएर राख्नु भएको छ भन्ने हो । न्यायिक टिप्पणीमा परेको, संविधान नै उल्लंघन गरेर भएको ९संविधानमा न्यायपरिषदको सदस्य पदेन हुन्छ । वरिष्ठ न्यायाधीश न्यायपरिषदको सदस्य हुन्छ । त्यो वरिष्ठ न्यायाधीशलाई छलेर अर्को न्यायाधीशलाई ल्याएर तपाईले काम कार्वाही गराउनु हुन्छ । ० न्यायिक विचलनमात्र हैन साजिसपूर्ण ढङ्गबाट काम गर्ने र प्रधानन्यायाधीशलाई तँ अवकाश प्राप्त भइस् भनेर सर्वोच्च अदालतको फैसला र न्यायपरिषदको निर्णय सबैलाई लत्याएर अवकाश दिने मान्छेलाई अनि जागिर खाइरहेको मुख्य रजिष्टारलाई तेरो जागिर खाइदिम् कि समाप्त पारिदिउँ भन्दै हप्काइदप्काइ पारेर ‘हजुर मेरो त बच्चाबच्ची पाल्नुछ’ भनेर उसलाई विवशमा पार्नु के हो ? 

० त्यसो भए ज।ब।रा।कै फैसला न्यायिक पुनरावलोकन हुनु के त ?

–यसलाई राम्रो काम भनिएको भए गलत हो । यो त साजिसपूर्ण काम हो । यति छिटोछिटो कहीं काम हुन्छ रु महान्यायाधिवक्ताले उनलाई बचाउनका लागि सकिन्छ कि भनेर गरेको प्रयास हो । चोलेन्द्र र महान्यायाधिवक्ता अग्नि खरेल एकै ठाउँमा काम गरेका मान्छे हुन् । चोलेन्द्रकै फार्ममा अग्निले काम गरेका थिए पहिला । स्वविवेकीय अधिकार प्रयोग गरेकोमा त पुनरावलोकन लाग्दैन भनेर कतिपय नजिरहरू छन् सर्वोच्च अदालतसंग । त्यसैको आधारमा महान्यायाधिवक्ताको कार्यालयले कतिपय मुद्दाहरू तामेलीमा राखिदिएको छ । 

० अब त पल्ला ज.ब.रा.को पक्षमा आइसक्यो भन्छन् नि ?

–फैसला सुल्टेला वा उल्टेला त्यो मतलबको विषय होइन । मुद्दाको मेरिटभित्र बसेर मैलेभन्न पनि मिल्दैन । तर यत्रो सारा पब्लिकको कन्सर्न किन भइरहेको छ भने त्यहाँ केही न केही कर्तूत भएको छ । त्यसको पछाडि ठूलो साजिस छ । फैसला भएको दिन नहुने । चुप लागेर बस्ने । सर्वोच्च अदालतको फैसला दुई दुई वर्ष भा’छैन । अनि यो चाहिं १५ दिन २० दिनमै फैसला गरेर पुनरावलोकन के को लागि गरेको रु कसलाई गरेको रु कसलाई बचाउन गरेको रु त्यसकारण यसमा गठगामस जोडिएको छ । गठकाम यसअर्थमा जान्छ उनको भित्री संरचनाभित्र केपी ओलीले भन्नुभयो नि म अनियमितता पनि गर्न दिन्न, भ्रष्टाचार पनि गर्न दिन्न । कथनी र करनीमा धेरै फरक छ । 

० प्रधानन्यायाधीश सिष्टममा चल्नु हुन्न ?

– प्रधानन्यायाधीश  सिष्टमबाट चल्ने व्यक्ति होइन । निश्चित गठगामसमा आफ्नो व्यक्तित्व बनाएर आएको व्यक्ति हो । त्यो गठगामसभित्र अहिले शंकास्पद रुपले पुनरावलोकनको छिटो छिटो निवेदन दर्ता गरिएको छ । रातारात गरिएको छ । र उहाँलाई बचाउने धेयबाट यो काम गरिएको छ । न्यायिक टिप्पणी भएको मान्छे प्रधानन्यायाधीश भएको संसारमा कहाँ छ ?

० ज.ब.रा. हुनु भयो त ?

–भयो । यो तिकडम हो । 

० सम्बन्ध राम्रो भएर पनि त हुन्छ ?

–आचारसंहिता भनेको के हो । न्यायाधीशको आचारसंहिता । न्यायाधीशले सर्वोच्च अदालतमा हड्ताल गर्न मिल्छ रु हड्तालमा उक्साउने मान्छे ज।ब।रा। हैन रु सात सात जना न्यायाधीशलाई उठाएर हड्ताल गराएको हैन उहाँले रु उहाँ आचारसंहिताभित्र बस्नै सक्नुहुन्न । 

० उहाँका गलत काम के के हुन् ?

–अहिले त जल्दोबल्दो रञ्जन कोइरालाको मुद्दा हो । त्यसबाहेक पहिलो न्यायिक टिप्पणीमा परेको व्यक्ति, दोस्रो हड्ताल गराउने व्यक्ति, तेस्रो इजलासको डेकोरोम छोडेर ७ जनाका अलावा ६ जनाले गराएको व्यक्ति, चौथो उहाँले काम गराएको रजिष्टारालाई डिमोसन गराएर आफ्नो मान्छे ल्याएको व्यक्ति, पाँचौं रातारात भेट गरेको व्यक्ति, छैटौं सबै न्यायाधीशलाई त्राही त्राही पार्नुभाथ्यो । सबै न्यायाधीशसंग मैले कुराकानी ग¥या छु । कुन मान्छेलाई जेल राख्नुपर्छ र कुनलाई धरौटी लिनुपर्छ सबैमा उहाँको हस्तक्षेप हुन्छ । एउटा न्यायाधीशले स्वतन्त्र रुपले काम गर्न पाउँदैन । 

० भनेपछि उहाँ राजनीतिक रुपमा पनि निकै शक्तिशाली होइन ?

–शक्ति नै सबैभन्दा खराव पक्ष हो नि । राजा महेन्द्रसित त्यत्रो ठूलो शक्ति थियो । बिपीलाई नै कू गरिदिएर त्यसपछि शासन चलाइदिए । त्यस्तो शक्ति त शक्ति हैन नि । न्यायाधीश त आचरणमा, पद्धतिमा, प्रणालीमा, नजिरहरूमा चलेको हुनुपर्छं÷हुन्छ । 

० त्यसो भए रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीश चुक्नु भएकै हो ?

–त्यसमा पनि केही भनिरहनु जरुरी छ र रु त्यो त सारा लोकले भनिरा’छन् । एउटा प्रधानन्यायाधीशले इज्जतपूर्ण बस्न पाउँछ । उसको स्वाभिमान हुन्छ । प्रधानन्यायाधीशलाई लल्कार्नेहरूले ठीक गरे भनेर उहाँले नै सिद्धान्त प्रतिवादन गर्नुभा’छ । अहिले त त्यसको ठ्याक्कै लागू भएको छ । यहाँ बुढी मरी भनेर हैन काल आयो भनेर डराउने जस्तो भएको छ । मेरो विरुद्धमा कीर्ते नागरिकता, कीर्ते सर्टिफिकेट भनेर चिच्याएको हैन रु अहिले पनि मलाई हत्कडी लगाएर लिएर गए भयो नि त । के मेरो कीर्ते नागरिकता छ रु के मेरो कीर्ते सर्टिफिकेट छ ?

० यो कतै तपाईले उहाँ विरुद्ध रीस साँधेको त हैन ?

–विल्कुल हैन । यस्तो मान्छेलाई न्यायालयमा राखिरहनु भनेको समग्र रुपमा स्वतन्त्र न्यायालयमाथि धावा बोल्नु हो । 

० उहाँलाई प्रधानन्यायाधीशबाट हटाउनु पर्छ भन्ने हो ?

–उहाँसंग नैतिकता छ भने एकछिन पनि बस्ने अधिकार छैन । तैंले गरेको फैसला ठीक छैन भनेर तीन जना न्यायाधीशले पुनराबलोकन दिए । 

० यसअघि पनि त प्रधानन्यायाधीशको फैसलामा निस्सा पाएका घटना छन्, उहाँलाई मात्र किन दोष ?

–त्यसमा र यसमा फरक छ । अपवाद छ । उहाँसित अहिले ठूलो शक्ति छ । पोलिटिकल ब्याकमा धेरै ठूलो शक्ति छ । जहाँ पद्धतिबाट काम हुँदैन त्यहाँ न्यायिक विचलन हुन्छ । जब न्यायिक विचलन हुन्छ त्यस्तो न्यायाधीश सफल हुन सक्दैन । त्यस्तो न्यायाधीश निष्पक्ष हुन सक्दैन । त्यस्तो न्यायाधीशबाट गरिएका सम्पादित कार्यहरू अवश्य पनि त्रुटीपूर्ण हुन्छन् । 

० तपाईलाई उहाँले दुःख दिएको हो ?

–मलाई अदालतबाट निस्किसकेपछि उहाँ र उहाँको टिम भएर यसलाई के के ग¥या छ सबै खोलम भनेर सात जनाको टिम बनाएर मेरो विरुद्धमा अभियान चलाएर एउटा फैसला आजसम्म हेर्नुभएन । एउटा मुद्दामा रायबाझी गरेको थिएँ । ए प्रधानन्यायाधीशले रायबाझी गरेर उल्टियो भनेर पत्रिकामा लेखाए । सामना गर्न सक्नु्प¥यो नि । म रिटायर्ड हुने बेलामा पनि राजीनामा गर्ने बेलामा पनि पटक पटक भनिराछु कि न्यायालय यसरी चल्दैन । विधि र प्रक्रिया नभएका न्यायाधीशहरू अहिले न्यायालयमा छन् । अहिले उनीहरूकै वर्चश्व छ । 

० सत्ताधारी र प्रतिपक्षी दलले नै रञ्जन कोइराला मुद्दामा ज.ब.रा.लाई महाअभियोग लगाउन नसकिने बताइसकेका छन् त ?

–म सांसद होइन त्यो म जान्दिन । तर संगीनभन्दा संगीन अपराधमा प्रधानन्यायाधीश आफै सहभागी भएर बिचरा तेजबहादुर केसी निष्ठामा बसेका मान्छे हुन् । उनलाई समेत दवावमा पारियो । अहिले संसदले गर्नुपर्ने काम न्यायालयले गर्दिन्छ । सीडीओले गर्ने काम न्यायाधीशले गर्दिन्छ । प्रधानन्यायाधीशले गर्ने काम न्यायाधीशले गर्दिन्छ । प्रधानमन्त्रीले गर्ने काम न्यायाधीशले गर्दिन्छ । न्यायालयमा नैतिक संकट आइसक्यो नि ।