🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खाद्यको सीईओको दरखास्तमै षड्यन्त्र 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका निकायमा यसका सचिवको चाहना अनुसार पदाधिकारी छनोट गर्ने गरी संरचना बनाइएको पाइएको छ । मातहतका निकायका पदाधिकारी छनोटमा बाहिरका विज्ञ एकजना मात्र राखेर मन्त्रालयका सचिव, सहसचिव र उप–सचिव रहने व्यवस्था गरिएको छ ।

मन्त्रालय मातहतका निकायमा पदाधिकारी नियुक्त गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो एकपक्षीय समिति गठन गरेको हो । जसमा मन्त्रालयका सचिव संयोजक, २ जना सहसचिव सदस्य र उपसचिव नै सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । मन्त्रालयका सचिव र सहसचिवको बहुमत रहने छनोट समितिमा एक सदस्य भने विषय विज्ञका रुपमा राख्ने व्यवस्था गरिएको छ । 

मन्त्रालयको यस्तो निर्णयबाट मातहतका सबै निकायको पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि प्रश्न उठ्ने देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अघि बढे पनि यसमा योग्य व्यक्ति छनोट हुने सम्भावना कम रहेको जानकारहरू बताउँछन् । अझै खाद्यको त सञ्चालक समितिको अध्यक्ष नै वाणिज्य सचिव हुने प्रावधान नियमावलीमा छ ।

यही निकायको कार्यकारी प्रमुख छनोट सिफारिस समितिको संयोजक उनै सचिव रहने गरी व्यवस्था गरिएको छ । यसबाट स्वार्थको द्वन्द्व सिर्जना हुने जानकारहरू बताउँछन् । सचिव बैकुण्ठ अर्यालले सीईओको दरखास्तमै षडयन्त्र गरेको आरोप पनि लागेको छ । सरकारका विभिन्न बोर्डलगायत खाद्यको संचालक रहेर विगत एक÷डेढ दशकको अनुभव प्राप्त व्यक्तिहरुलाई सर्टलस्ीटमा होइन कि दरखास्त नै अस्वीकार गरेर धाँधली गरेको आरोप सचिव अर्यालमाथि लागेको छ ।   

‘मन्त्रालयले अहिले बनाएको पदाधिकारी छनोट समितिको संरचनाले सचिवलाई मन नपर्ने पात्र फ्याँकिने र रुचाइएका पात्र बद्नामै भए पनि छानिने अवस्था छ । यसले मातहतका निकायलाई प्रगतिभन्दा पनि अवनतितिर लानेछ,’ खाद्यका एक अधिकारीले भने । खाद्यको सीईओको प्रतिस्पर्धामा रहेका १२ मध्ये कतिपय दागी पात्र रहेकाले तिनलाई छान्ने गरी संरचना बनाइएको आशंका गरिएको छ । 

को–को छन् खाद्यको सीईओको प्रतिस्पर्धामा
 खाद्यको सीईओका लागि १२ जनाको आवेदन स्वीकृत गरिएको छ । खाद्यको सीईओ बन्न रहर गर्नेहरूमा अतुल उपाध्याय, टेकबहादुर बम, दिनेश कुमार यादव, रघुराज काफ्ले, योगेन्द्र गौचन, अभिषेक कुमार ठाकुर र अनील कुमार झा छन् । त्यसैगरी, डोलिन्द्रप्रसाद शर्मा, विनोदकुमार जोशी, नेपाल भूषण वैद्य र मोहनप्रकाश चन्द पनि सीईओ बन्ने आकांक्षा देखाएका छन् ।

 खाद्यको सीईओमा दरखास्त दिनेमध्ये केही स्वच्छ छविका भए पनि अधिकांश बदनाम र दागी चरित्रका रहेका छन् । उदयपुर सेमन्ट, र जनक शिक्षामा अनियमितताको आरोप खेपेका अनिल झा, नेपाल आयल निगमको अमलेखगञ्ज तेल काण्डमा परेका दिनेश यादव र साझा प्रकाशनमा विवादमा परेका डोलेन्द्र प्रसाद शर्माका साथै खाद्यकै मोहनवहादुर चन्द खाद्यको सीईओ बन्न लागिपरेका छन् ।