🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा सचिवालय बैठक आज बस्दै 

काठमाडाैं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । 

नेकपाकाे प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार,  २०७७ साउन ४ गतेदेखि हुन नसकेकाे पार्टी सचिवालयकाे बैठक आज ९:३० बजे बालुवाटारमा हुने तय भएकाे छ ।

 बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । 

पार्टीभित्रको विवाद समाधानका लागि विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठनपछि पहिलोपटक नेकपा सचिवालय बैठक बस्न लागेको हो । 

कार्यदल गठनपछि खासगरी माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् । आज बस्ने बैठकले यसबारे उठेका आशंका निराकरण गरेर  कार्यदललाई काम गर्न मार्गप्रशस्त गर्ने अनुमान गरिएको छ । 

यसबाहेक अन्य विविध समसायमिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।