🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु 

स्याङ्जा, १४ भदौ (रासस) : वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नं ९ कै ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले नजाएको छ । घाइते पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ । 
–––