🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्ती प्रादेशिक अस्पताल बन्द

दाङ । जिल्लाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । 

अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताए । 

उनका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ । योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये घोराहीका १० जनामा कोरोना पुष्टि भएको हो । 

घोराही उपमहानगरपालिका वडा नं ८ का २५ वर्षका पुरुष, वडा नं १० का २५, ३०, ३२ वर्षका पुरुष र ३४ वर्षकी एक महिला, वडा नं  ११ का ५३ वर्षीय पुरुष र वडा नं १५ का २०, ४२, ५४ र ५७ वर्षका पुरुष गरी १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।