नेपाली सेनामा कोरोनाको कारण चारैतिर सैनिकहरूको व्यारेक, गण, गुल्म र वाहिनीहरूमा विदा आउट र घण्टे बन्द छ र १ दिन परिवारको सदस्य विमारी भएर वाहिर गएर आएमा १५ दिन कोरेन्टाइनमा बस्नु पर्छ । यस्तो परिपत्र छ । तर केही यस्ता विभाग पनि छन्, त्यहा“ त्यो परिपत्र र नियम लागू छैन । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयका सैनिकहरूलाई यो परिपत्र किन लाग्दैन चिफसाव ?
त्यहा“का सेवेदारलाई विहान र बेलुका सिपाहीलाई मोटरसाइकलमा घर लान लगाउने र लिन बोलाउने, के यस्तो वेला उसले क्वरेन्टाईनमा बस्नु पदैन ? के सिपाही जो दिन विहान हिंड्दा उसको परिवारको ज्यानको खतरा हुन्नर उसलाई रोग लाग्दैन र ? किन सँधै कति दिन बोक्ने के त्यो सुवेदारलाई सेनाको परिपत्र र नियम लाग्दैन ? अरु सैनिकलाई कोरेन्टाइनमा बस्नु पर्ने तर त्यो अफिसका सैनिक र त्यो सुवेदार चाहिं पर्दैन ? कि चिफसाव भन्दा माथिको अफिस हो यो ?
जो सुवेदार पहिला पनि र अहिले पनि आफूभन्दा माथिल्लो कमाण्डरको कुरा हाकिमलाई लगाउने, घमण्ड गर्ने ? म त चिफसावको गाउँले हरू भन्ने, नयाँ हाकिम आयो भने पहिला नै घरघरमा गएर हाम्रा अधिकृत यस्ता छन सर विचार गरेर काम गर्नु भन्ने र अफिसको कमाई खान नपाए पछि हाकिमसंग रिसाउने कुरा लगाउने गर्छन् रे ।
यो कुरामा जङ्गी अड्डाको किन ध्यान गएन चिफसाब ? विभिन्न सिभिल व्यक्तिसँग मन्त्रालयका सचिव, मन्त्रीहरू बस्ने अफिसमा कोरोनाको ख्याल गर्नु पर्दैन ? जंगी अड्डाको नियम अन्य युनिटका सेनालाई लाग्छ भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयका सैनिकहरूलाई पनि लागोस् नत्र कतै एउटा कतै अर्कै नियम किन ?
– भलो चाहने शुभचिन्तक सैनिकहरू




