अस्ति कंगोबाट आएका शान्ति सेनाका टोलीले क्वारेन्टाईनमै जाँड खाएर बबाल मच्चाएको १० दिन पनि पुगेको छैन अहिले आएको मिनुस्का टोलीले पनि टनका टन रक्सी मात्र बोकेर आएको थाहा पाईएको छ।
शान्ति सेनाकाे मिसनबाट ल्याउन नपाउने काजु लगायतका खाद्य बस्तु तथा अन्य सामान त कति हाे कति। हाकिमहरूले हामीलाई भने झोला जाँचेर खाली गराए। उक्त मिसनमा सैनिक प्रहरी पनि नेपाली सेना नै छ। जाने गणपतिले आफ्नो झोला कसैलाई पनि हेर्न नदिएको बताईन्छ।
अहिले सैनिक प्रहरीमा तीनै सरोज कार्की गणपति छन्, जसले नम्बर २ जगदल गणका गणपति हुँदा नयाँ निर्माणको पैसा अनियमित खर्च गरेर सखाप बनाएका थिए । त्यतिबेलाका जर्नेल राजेन्द्र कार्कीको आफन्त भएकाले मिसन लैजान अवसर पाएका हुन् ।
अहिले आउने टोलीले उनको मात्र ६० लिटर रक्सी बाेकाएर ल्याएका छन् । दुईजना गणपतिले सिपाहीलाई बजार जान नदिई प्रति व्यक्ति एक/एक वटा बोटल बोकाएर पठाएका छन् ।
सामान पास भएको यकिन गर्न सैनिक प्रहरीका मेजरहरू आफै एयरपोर्ट आएका थिए, आफूहरूले पनि सिपाही मारेर काजु किसमिस पठाएका छन् रे। अरूको झोलाबाट सामान झिकेर फाल्नेहरू आज नरम भएको देखेर मुभकनहरू रमाईलो मानेको पनि देखियो ।
एकजना अधिकृतको चारवटासम्म झोला त लेबनान मिसनमा पनि हुँदैन । यता सिपाहीको भने २० किलो पनि पुगेको छैन रे ! नेपालमा सबै सामान मिलाउने जिम्मा सैनिक प्रहरीका गणपति ईमेश मेहरको रहेकाे थाहा पायाैं । हामीले सुनेकाे चाहिं आईडिया दिने उनै हुन् रे ।
– शान्ति सेनाबाट फर्केका पीडित सैनिकहरु




